back
NMB ad

यति धेरै बैंक भनिन्छ तर खोई बैंक ?

Kumari bank ad

मुस्ताङ। नेपालका ठूला सहरहरुमा धेरै ठाउँमा एउटै घरमा लाईनका लाईन बैंक तथा वित्तिय संस्थाको बोर्ड झुण्ड्याईएको हुन्छ । घरको शोभा नै कुरुप हुने गरि ती संस्थाहरुको बोर्ड देखिन्छ । तर नेपालकै यस्तो ठाउँ पनि छ जहाँ बैंक नभएर प्रशासनिक काम नै ठप्प हुन्छ । कुरो मुस्ताङ लोमान्थाङको हो ।

लोमान्थाङमा बैंक तथा वित्तीय संस्था नहुँदा इलाका प्रशासन कार्यालयले राहदानी जारी गर्न सकेको छैन । राहदानीका लागि आवश्यक पर्ने रकम जम्मा गर्ने बैंक नहुँदा उपल्लो मुस्ताङका ६ गाविसका सर्वसाधारण हप्तादिन लगाएर सदरमुकाम जोमसोम झर्नुपर्ने बाध्यता छ ।

असोज १ गतेदेखि इलाका प्रशासन कार्यालय स्थापना गरिए पनि राहदानीको काम गर्न नसकेको कार्यालय प्रमुख जितेन्द्र बलामीले जानकारी दिए । “यहाँ कुनै पनि बैंक तथा वित्तीय संस्था छैनन् । रकम जम्मा गर्ने व्यवस्था नहुँदासम्म त्यो काम गर्न सक्दैनौँ”, उनले भने । “यसका लागि सर्वसाधारण सदरमुकाममा नै जानुपर्छ ।”

इलाका प्रशासन कार्यालयबाट नागरिकता, विभिन्न सङ्घसंस्था दर्ता तथा नवीकरणका काम हुने भएपनि राहदानीका काम तत्काल स्थगित गरिएको प्रमुख बलामीले बताए ।

इलाका प्रशासन कार्यालयले एक महिनामा २२ वटा नेपाली नागरिकता प्रमाणपत्र वितरण गरेको जनाएको छ । राहदानीका लागि वैकल्पिक व्यवस्थाको तयारी भइरहेको प्रशासनको भनाइ छ ।

राहदानी बाहेकका अन्य सरकारी काम लोमान्थाङबाटै उपलब्ध हुने भएपछि लोमान्थाङ, छोसेर, छुसाङ, छोन्हुप, घमी र सुर्खाङ गाविसका करिब पाँच हजार सर्वसाधारण प्रत्यक्ष लाभान्वित भएका छन् ।

प्रकाशित मितिः २०७२ कार्तिक १८

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ११:१७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...