back
NMB ad

तरुण दलको महाधिवेशन कार्तिक २७ बाट पोखरामा

Kumari bank ad

पोखरा । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन यही कात्तिक २७, २८ र २९ गते पोखरामा हुने भएको छ ।

महाधिवेशनको तयारीबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेपाल तरुण दलका अध्यक्ष उदयशमशेर राणाले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

“यसअघि दुई÷दुई पटक महाधिवेशन सरे पनि महाधिवेशनका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेका कारण यसपटक तोकिएको समयमा नै महाधिवेशन सम्पन्न हुन्छ”– उनले भने ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार महाधिवेशनको तयारीबारे स्थलगत जानकारी लिन पार्टीका केन्द्रीय सदस्य एवम् निर्देशक समितिका सदस्य सुरेन्द्र पाण्डे, तरुण दलका अध्यक्ष राणासहितको टोलीले पोखरामा पुगेर स्थलगत जानकारी लिएको हो ।

राणाका अनुसार महाधिवेशनअन्तर्गत कात्तिक २७ गते पोखराको चिप्लेढुङ्गामा पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन् ।

त्यस्तै २८ गते महाधिवेशनको बन्दसत्र पोखरा सभागृहमा सञ्चालन हुनेछ भने २९ गते निर्वाचन कार्यक्रम सम्पन्न गर्ने कार्यतालिका छ । महाधिवेशनमा झन्डै ७० जिल्लाका एक हजार ३०० प्रतिनिधि सहभागी हुने अध्यक्ष राणाले जानकारी दिएका छन् ।

देशका ६८ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको र बाँकी जिल्लामा केही विवाद भए पनि क्षेत्र र नगर अधिवेशन सम्पन्न भएकाले त्यहाँबाट प्रतिनिधि सहभागी हुन पाउने नेपाल तरुण दलले बताएको छ ।

तरुण दलका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्न नसकेका तर क्षेत्र र नगर अधिवेशन गरेका जिल्लाबाट क्षेत्रीय र नगरस्तरीय प्रतिनिधि सहभागी हुन पाउनेछन् । नुवाकोट, सप्तरी, सर्लाही, धनुषा, उदयपुर, सुर्खेत र धादिङमा विवाद देखिए पनि विवाद समाधानको प्रयास भइरहेको जानकारी दिईयो ।

निर्देशक समितिका सदस्य सुरेन्द्र पाण्डेका अनुसार अधिवेशन हुन बाँकी जिल्लाले कात्तिक २४ गतेसम्म अधिवेशन सम्पन्न गरे महाधिवेशनमा सहभागी हुन पाउनेछन् । तरुण दलमा हाल ६१ सदस्यीय कार्यसमिति रहे पनि नयाँ कार्यसमिति ७५ सदस्यीय बनाउने योजना छ ।

प्रकाशित मितिः २०७३ कार्तिक १९

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार ०८:२० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...