काठमाण्डौं । ३० करोड रुपैंयाको ३० लाख कित्ता साधारण सेयर निष्काशन गरेको अरुण काबेली पावर लिमिटेडमा १२ अर्ब रुपैंयाको आवेदन परेको छ । यो साधारण सेयरमा परेको आवेदनको प्रारम्भिक तथ्यांक मात्र हो ।
कम्पनीले कात्तिक ९ देखि कात्तिक १२ गतेसम्म ३० लाख कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार १ लाख ४० हजार आवेदनबाट ४० गुणा बढी आवेदन परेको हो । माग भन्दा ४० गुना बढी आबेदन परेकोले आवेदक सबैलाई सेयर पर्ने सम्भावना नभएको सेयरका जानकारहरु बताउछन् । यद्यपी सबैलाई बिने भनिए निकै न्यून कित्ता पर्न सक्छ ।
कम्पनीले पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने कोबली नदीमा काबेली बी वान नामक २५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
१९ कार्तिक २०७३, ११।००
वि.सं.२०७३ कात्तिक १९ शुक्रवार ११:०४ मा प्रकाशित