back
NMB ad

थाहा पाइराख्नुहोस्, लघुवित्तको १ लाख २० हजार कित्ता प्राथमिक सेयर आउँदै छ !

Kumari bank ad

काठमाण्डौं । महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले एक लाख बीस हजार कित्ता प्राथमिक सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले एक महिना पहिला नै एन.सि.एम. मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिसकेको छ ।

सप्तरीको बकधुवा ९ महुलीमा रहेको कम्पनी नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त संस्था हो । २०७० जेष्ठ ३० गतेबाट कारोवार संचालन गर्दै आएको यो संस्थाले हाल सप्तरी, सिरहा, उदयपुर, सुनसरी, खोटाङ्ग, भोजपुर, ओखलढुङ्गा, सिन्धुली, धनकुटा र रामेछाप गरी १० जिल्लाको कार्यक्षेत्रमा २८ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।

अहिले २ करोड १५ लाख रुपैंया चुक्ता पूँजी रहेको लघुवित्तको सेयर निष्काशन पश्चात चुक्ता पूँजी ३ करोड ३५ लाख रुपैंया पुग्नेछ । गत आर्थिक वर्षमा लघुवित्तले ४ करोड ३६ लाख ६९ हजार रुपैंया खुद नाफा कमाएको थियो । लघुवित्तको जगेडा कोषमा ९ करोड ४९ लाख रुपैंया सञ्चित छ ।

संस्थाले हालसम्म ९६ करोड ४३ लाख रुपैयाँँ लगानी गरेको छ भने सदस्यहरुको बचत ४९ करोड ४१ लाख रुपैयाँ निक्षेप रहेको छ । संस्थाका ५४ हजार सेवा ग्राही रहेको कम्पनीले जनाएको छ ।

१९ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार ११:१४ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...