back
NMB ad

तपाईले जान्नैपर्ने र सेयर बजारमा हुनसक्ने अर्काे अपराधʽसेयरको भण्डारीकरणʼ!

Kumari bank ad

हरिशरण न्यौपाने, काठमाडौ । तपाईलाई थाहा छ, सेयरको भण्डारीकरण गरेर पनि बजारमा अनियमितता गर्नेहरु सक्रिय हुने गरेका छन् । निश्चित व्यक्ति वा समूहले फाईदा लिने गरि सेयर बजारमा यी र यस्ता अनियमितता भईरहेका हुन्छन् । जसले सर्वसाधारण लगानीकर्ताहरुलाई भने मर्का पारिरहेको हुन्छ ।

के हो ʽसेयरको भण्डारीकरणʼ ?

यो यस्तो कारोबार हो, सेयर कारोबारमा संलग्न व्यक्ति वा समूहले बजारमा बिक्रीका लागि आएको कुनै एक कम्पनीको सम्पूर्ण सेयर खरिद गर्दछन् । यसले त्यस कम्पनीको सम्पूर्ण सेयर कुनै एउटा व्यक्ति वा समूहमा केन्द्रित बन्नपुग्छ । अब यसो भएपछि बजारमा सेयरको अभाव हुनजान्छ अर्थात् आपूर्ति नै ठप्प बन्न पुग्छ ।

अब त्यस कम्पनीको सेयरको आपूर्ति कम भई माग बढ्दा सेयरको मूल्य क्रमशः बढ्दै जान्छ । यसपछि माग बढ्दै जाँदा यस क्रियाकलापमा संलग्न व्यक्ति वा समूहले सानो–सानो संख्यामा सेयर बिक्री गर्न थाल्दछन् । बजार अझ उचाईतर्फ जान्छ । अब त्यस्ता क्रियाकलापमा संलग्नहरुले विस्तारै बजारमा आपूर्ति बढाउँदै लैजान्छन् । आपूर्ति बढ्दै जाँदा सेयरको मूल्यलाई एक उच्चत्तम विन्दुमा पुर्याएपछि त्यस कारोबारमा संलग्न व्यक्ति वा समूहले सबै सेयर बिक्री गर्दछन् ।

यसरी सेयरको भण्डारीकरण गरेर बजारमा एक किसिमको अपराध हुने गरेको छ ।  जसले सर्वसाधारण लगानीकर्ताहरु भने मर्कामा पर्ने गरेका छन् । त्यसैले यी र यस्ता कारोबारमा संलग्न हुने व्यक्ति वा समूहहरुप्रति तपाई साधारण लगानीकर्ताहरु संधै चनाखो बन्नुपर्ने खाँचो छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २०

वि.सं.२०७३ कात्तिक २० शनिवार १६:१२ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...