back
NMB ad

मन्त्रीहरुद्धारा सम्पति विवरण पेस भनियो तर कहाँ छ ?

Kumari bank ad

काठमाडौ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण पेस गरिसकेको जनाएको छ ।

प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएन भनी केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति कार्यालयले ध्यानाकर्षण भएको जनाउँदै उक्त जानकारी दिएको हो ।

कार्यालयद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “नियुक्ति भएको मितिले ६० दिनभित्रमा सम्पत्ति विवरण पेस गरिसक्नुपर्ने कानुनी प्रावधान भए पनि प्रधानमन्त्री र केही मन्त्रीले नियुक्त भएको केही दिनभित्रमै आ–आफ्नो सम्पत्ति विवरण पेस गरिसक्नुभएको छ र यसको प्राप्तिको अभिलेखीकरण राष्ट्रिय सतर्कता केन्द्रको वेबसाइटमा छ ।” तर बिज्ञप्तिमा भनिए बमोजिम खोज्दा केन्द्रको वेवसाइटमा सम्पत्ति विवरणको कुनै प्रमाण भेटिंदैन ।

यसपटक केही मन्त्रीको नियुक्ति अलि पछि भएको र सबै मन्त्रीको सम्पत्ति विवरण प्राप्त भइसकेपछि मन्त्रिपरिषद्ले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेपश्चात् सार्वजनिक गरिने कार्यालयका प्रवक्ता दामोदर रेग्मीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिलाई पछ्याउँदै जाँदा सम्माननीय प्रधानमन्त्री तथा माननीय मन्त्रीहरुको सम्पत्ति विवरण समेत खाली राखिएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २०

वि.सं.२०७३ कात्तिक २० शनिवार १३:५३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...