काठमाडौ । तिहार र भारतीय राष्ट्रपतिको भ्रमणका कारण साताको सेयर बजार लगातार पहिलो ४ दिन बन्द भयो । साताको पाँचौ अर्थात अन्तिम दिन बिहिबार खुलेको बजार २.५० अंकले बढेर बन्द भयो । बिहिबार बजार परिसूचक नेप्से २.५० अंकले बढेर १७६२.२१ अंकमा पुगेको छ ।
बिहीबार ५३ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । यसदिन १२१ कम्पनीको ८७ लाख कित्ता सेयर कारोबार भयो ।
यो साता अर्थात अन्तिम दिन बिहिबार बजारमा सबैभन्दा बढी सिभिल बैंकको ११ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यस्तै, उक्त दिन छिमेक लघुवित्तिक विकास बैंकको ५ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भएको थियो। लुम्बिनी जनरल इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक र एभरेष्ट बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भयो ।
बिहिबार बजारमा सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक २६ अंकले उकालो लागेको थियो। त्यस्तै, बैंक र फाइनान्स समूह सामान्य अंकले बढेका छन् । सबैभन्दा बढी बिमा समूहको परिसूचक ३१ अंकले घटेको छ । त्यस्तै, अन्य समूह, होटल र हाइड्रोपावर समूह क्रमशः ९, ७ र ६ अंकले घट्न पुगे ।
प्रकाशित मितिः २०७३ कार्तिक २०
वि.सं.२०७३ कात्तिक २० शनिवार १५:५० मा प्रकाशित