लमजुङ। सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले कारबाही प्रक्रियालाई थक कडाई गरेको छ । अब नियम विपरीत सवारी चलाउने र सवारीधनी दुवैलाई कारबाही सुरु गरिएको हो । चालक अनुमतिपत्र नभएकाहरुले सवारी चलाएको भेटिएमा मात्र कारबाही गर्दै आएको प्रहरीले चालक अनुमतिपत्र नभएका व्यक्ति र सवारीधनी दुवैलाई कारबाही गर्न थालेको हो ।
चलाउने भन्दा पनि अनुमतिपत्र नभएकालाई सवारी दिनेको लापरबाही भएको छ भन्दै सवारीधनीलाई पनि जरिवाना लिइएको ट्राफिक प्रहरी हबल्दार भूमिराज घिमिरेले बताए ।
उनका अनुसार चालक र सवारीधनी दुवैबाट रु एक÷एक हजार जरिवाना लिने गरिएको छ । चालक अनुमतिपत्र नभएका एउटै व्यक्ति धेरै पटक कारबाहीमा पर्दा समेत सुधार नभएपछि सवारीधनीलाई कारबाही सुरु गरिएको हो ।
प्रकाशित मितिः २०७३ कार्तिक २०
वि.सं.२०७३ कात्तिक २० शनिवार १७:२० मा प्रकाशित