back
NMB ad

दक्षिण एसियाको आर्थिक एकीकरणका लागि रोजगारी सिर्जनामा जोड

Kumari bank ad

काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशरण महतले लगानी संरक्षण तथा प्रवद्र्धनसम्बन्धी सार्क सम्झौतालाई चाँडोभन्दा चाँडो टुङ्गोमा पुर्याउनुपर्ने  आवश्यकता औँल्याएका छन् ।

दक्षिण एसियाली आर्थिक अनुसन्धान सञ्जाल केन्द्र (सेनी)को चौधौँ वार्षिक सम्मेलनका अवसरमा आयोजित ‘दक्षिण एसियाको बृहत्तर समृद्धिका लागि गहन एकीकरण’ विषयको दुईदिने कार्यशालाको उद्घाटन गर्दै मन्त्री महतले सार्क सदस्य राष्ट्रहरुबीच दोहोरो कर प्रावधान तथा करसम्बन्धी पारस्परिक सहयोग कार्यान्वयन गर्दै लगानी अनुकूल वातावरण तयार गर्नुपर्ने बताए ।

दक्षिण एसियाको सुदृढ आर्थिक एकीकरणका लागि आर्थिक वृद्धिका साथै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि बृहत् लगानी अपरिहार्य भएको बताए । उनले भने  “क्षेत्रीय लगानी नीतिको खाका तर्जुमाका साथै लगानीका अवस्थाबारे राष्ट्रिय सूचना प्रणालीमा सुधार गर्नुपर्दछ ।”

दक्षिण एसियामा भू–परिवेष्टित मुलुकमा सीमित रेल पूर्वाधारका कारण वस्तु तथा सेवाको ढुवानीमा कठिनाइ भएको वास्तविकता अघि सार्दैै परराष्ट्रमन्त्रीले क्षेत्रीय यातायात करिडोरको प्रवद्र्धन, दक्षिण एसियाली रेल सञ्जाल निर्माण, सीमापार यातायात परियोजनामा लगानी तथा व्यापारिक नीति नियममा एकरुपता कायम गर्नुपर्ने विचार व्यक्त गरे ।

दक्षिण एसियाली मुलुकमा ऊर्जाको बढ्दो मागका साथै यस क्षेत्रमा सहकार्यका प्रचुर सम्भावना रहेका बताउँदै उनले क्षेत्रीय विद्युत् ग्रिड, ऊर्जा व्यापार तथा सहजीकरणका लागि ऐन नियममा एकरुपता, ऊर्जामा लगानी र वितरण प्रणालीको विकासका निम्ति ठोस योजना तर्जुमा गर्नुपर्नेमा जोड दिए ।

उनले भने “क्षेत्रीय एकीकरणको यस्तो ढाँचा बनाऔँ जसले बजारलाई जोड्नुका साथै जनता–जनताबीचको सम्पर्क वृद्धिमा सघाउनेछ ।” स्पष्ट दृष्टिकोण र दृढ सामूहिक इच्छाबाट मात्रै क्षेत्रीय एकीकरण सम्भव हुने उनको भनाइ थियो ।

सेवा तथा व्यापारसम्बन्धी सार्क सम्झौताको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता भएको बताउँदै मन्त्री महतले गैरभन्सार अवरोध हटाउँदै क्षेत्रीय बजार विस्तारमा जोड दिए । दक्षिण एसियाली राष्ट्रबीच सम्पर्क बढाउन हवाई सेवा सम्झौता पनि शीघ्रातिशीघ्र गर्न जरुरी भएको उनको भनाइ थियो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले विदेशी लगानीकर्तालाई आकर्षक प्रोत्साहन तथा सुविधा दिएर नेपाल सरकारले प्रतिस्पर्धी तथा लगानी मैत्री वातावरण सिर्जना गरेको बताए । उनले दक्षिण एसियाली मुलुकमा प्रचुर प्राकृतिक सम्पदा तथा लगानीको सम्भावना रहेकाले यस क्षेत्रको आर्थिक समृद्धिका लागि गहन एकीकरण तथा सबैको आपसी सहयोग आवश्यक भएको बताए ।

कार्यक्रममा प्राडा विश्वम्भर प्याकुरेलले दक्षिण एसियामा स्वतन्त्र व्यापार सङ्घ, भन्सार सङ्घ, साझा बजार र आर्थिक सङ्घजस्ता क्षेत्रीय संयन्त्रले सही रुपमा काम गर्न नसकेकाले आर्थिक एकीकरणका मुद्दा सपना मात्र भएको टिप्पणी गर्नुभयो ।

सेनीका संयोजक डा विष्णुदेव पन्तले क्षेत्रीय सहयोग, समझदारी र विकासका बृहत्तर चासोका विषयमा सुदृढ आर्थिक अनुसन्धान अघि बढाउन र अन्तरदेशीय सम्पर्क कायम गर्न सेनी प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले ऊर्जा, गरिबी निवारण, सहरी योजनालगायत आर्थिक विषयमा सेनीले गर्दै आएका अनुसन्धानात्मक कार्यक्रमबारे पनि जानकारी दिनुभयो ।

कार्यक्रममा विश्व विकास सञ्जालका अध्यक्ष डा पियरे ज्वाक्वइटले दक्षिण एसियाली मुलुकको विकास नीतिलाई नयाँ तवरले तयार गरी प्रभावकारी अनुसन्धानमा ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।

ढाका विश्वविद्यालयका अर्थशास्त्री प्राडा वहिउद्दीन महमदले दक्षिण एसिलाली मुलुकमा औद्योगिकीकरण, आर्थिक स्थायित्व तथा वातावरणीय चुनौतीजस्ता समस्यासँग सामना गर्दै आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा दक्षिण एसियाको आर्थिक एकीकरण, आर्थिक विकास तथा मानव संसाधन विकास, विश्व उत्पादन सञ्जाल तथा संरचना, व्यापारका अवरोध एवम् क्षेत्रीयकरणजस्ता विषयमा छलफल हुनेछ ।

२२ कात्तिक २०७३

वि.सं.२०७३ कात्तिक २२ सोमवार १५:२९ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...