back
NMB ad

पर्यटन व्यवसायी तामाङलाई अन्तर्राष्टिय अवार्ड

Kumari bank ad

काठमाडौं । पर्यटन व्यावसायी एवं समाजसेवी अक्कल तामाङ अन्तर्राष्टियस्तरको अवार्ड ह्युमेनिटेरियन अवार्ड २०१६ बाट सम्मानित भएका छन् ।
अमेरिकाको लेजियन्स अफ मास्टर्स आर्ट अल अफ फेम नामक संस्थाले उनको सामाजिक कार्यको प्रशंसा गर्दै अक्टोबर २२ मा सम्मान गरेको हो । त्यस्तै उनलाई अक्टोबर ८ मा उत्कृष्ट स्वयमसेवकको भूमिका निर्वाह गरेबापत कोरियन फेडेरेशन अफ भोलेन्टियर सेन्टरले पनि भोलेन्टियर अफ दी इयर २०१६ बाट सम्मान गरेको छ । उक्त अमेरिकन संस्थाले १०८ जना प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट सामाजिक कार्य गरेबापत सम्मान गरेको राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।

तामाङलाई प्रदान गरिएको यस्तो अवार्ड नेपालमै पहिलो हो । तामाङले नेपाल कोरिया कल्चरल एक्सचेञ्ज एण्ड सोसियल अर्गनाइजेसन स्थापना गरी सन् २०११ देखि १९ जना अनाथ, असहाय र गरिब बालबालिकालाई छात्रवृत्तिमा विभिन्न विद्यालयमा अध्ययन गराउनुका साथै मासिक २ हजार भत्तासमेत उपलव्ध गराउँदै आएका छन् । उनले आफ्नै सस्थामार्फत भुकम्पपीडितलाई २ करोड बराबरको राहत समाग्री उपलब्ध गराउनु साथै काभ्रेमा ३० वटा अस्थायी घर निर्माण गरी हस्तान्तरण गरेको जानकारीसमेत दिए । सन् २०१७ भित्र ३ सय ६५ वटा स्थायी घर बनाउने उनको योजना छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २३

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०७:१० मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...