अमेरिकी निर्बाचन भर्खरै ट्रम्प : १६८, हिलारी : १३१

काठमाडौं । अमेरिकी राष्ट्रिपति निर्वाचनको मतदान प्रकृयाको मत परिणाम पनि बाहिर आउन थालेको छ । यो संगै रिपब्लिकन डोनल्ड ट्रम्पले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार ट्रम्पको पक्षमा १६८ र डेमाक्रयाट हिलारीको पक्षमा १३१  सिट प्राप्त भएको छ । ट्रम्पले क्लिन्टनलाई ३७  स्थानमा पछि पारेका छन् । रिपब्लिकन डोनल्ड ट्रम्पले र डेमोक्रयाट हिलरी क्लिन्टनबीचमा कडा प्रतिस्पर्धा रहेको भनिएको थियो । निर्वाचन परिणाम आउनेक्रम जारी छ । पछिल्लो अवस्था हिलारीको बलियो भनेर प्रचार गरिएको थियो । तर मत परिणाम ट्रम्पको देखिए पछि अमेरिकी लगायत संसार रहेका क्लिन्टनका समर्थक चकित पर्न थालेका छन् । २४ कात्तिक २०७३

२०७३ कार्तिक २४ गते ०९:१६ मा प्रकाशित

You can share this post!

(Live update) ट्रम्प ५९ स्थान अगाडी

हिलारीले छलाङ मारिन : ट्रम्प १८ स्थान पछाडी

Related posts