back
NMB ad

टिम्स समस्या समाधान गर्न बोर्डबाट पाँच सदस्यीय कमिटी गठन

Kumari bank ad

हरिशरण न्यौपाने

काठकाडौँ । विभिन्न कारणले राकिएको टे«किङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) ले पर्यटन बोर्डबाट पाउनु पर्ने ट्रेकिङ इन्फरमेसन म्यानेजमेन्ट सिष्टम (टिम्स) बापत रकमको समाधान गर्न पर्यटनबोर्डले पाँच सदसिय कमिटी गठन गरेको छ ।

अघिल्लो कार्यसमितिको वेरुजुका कारण टान र बोर्डको संयुक्त कोषमा भएको रकम अड्किँदा टानले सञ्चालन गर्दै आएका विभिन्न परियोजना समेत निष्किृय अवस्थामा पुगेको छ । समस्या पहिचान र समाधानका निम्ति बोर्ड सदस्य कृष्णकुमार अर्यालको संयोजकत्वमा पाँच सदसिय कमिटी गठन गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । कमिटीमा बोर्ड सदस्य पूर्ण कुँवर, टानका अध्यक्ष चन्द्रप्रसाद रिजाल, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी र बोर्डका एक प्रतिनिधी रहनेछन् ।

टानका विगतको कार्यसमितिले राजस्वको रकम अवैध शिर्षकमा खर्च गर्ने र स्पष्ट हिसाव बुझाउन नसकेका कारण बोर्डले टिम्सको रकम रोकेको थियो । कमिटीले अब आउँदा दिनमा विगतमा भएका केहि कमजोरीलाई खोट्याउँदै त्यसलाई बोर्डमा जानकारी गराउने र आउँदा दिनमा सुमधुर सम्बन्ध बनाउँदै टान र पर्यटन बोर्डको बीचमा टिम्सलाई कार्यान्वयन गर्न सघाउ पुग्ने टानका अध्यक्ष रिजाल बताउँछन् ।

कमिटीले समस्या साधानकै निम्ति संयुक्त कोष चलाउन पनि निर्देशन गरेको छ । कमिटीको पहिलो बैठकले सो कुरा निर्देश गर्दै केहि दिनमा टिम्सको सम्पूर्ण कुरा छर्लङग बुझ्ने र बाहिर ल्याउने तयारी थालेको छ ।

कार्यान्वयनको पाटोमा पर्यटन बोर्ड, त्यहाँको व्यवस्थापकिय कमिटी वा व्यवस्थापन कार्यकारी प्रमुखले सहज ढंगले अगाडि बढाउनुभयो भने टान र पर्यटन बोर्ड बीचको आजसम्म भएका सम्झौतालाई नयाँ ढंगले अगाडि बढाउने बाटो खुल्ला भएको अध्यक्ष रिजालले बताए । समितिले विगतका सम्झौता पुनरावलोकन गरी नयाँ बनाउने, खर्च गर्ने कार्यविधी परिमार्जन गर्ने लगायतको काम गर्नेछ ।

टिम्सबाट जम्मा भएको संयुक्त कोषमा करिब १४ करोड, टानले बार्डबाट पाउनुपर्ने ७ करोडभन्दा बढि रकम र मजदुरको नामकाा पैसा गरेर करिब २० देखि २२ करोड रकम रोकिएको थियो । सो रकम पर्यटन बोर्ड र टान मिलेर खर्च गर्नु पर्ने रकम हो ।
प्रकाशित मितिः २०७३ कार्तिक २५

वि.सं.२०७३ कात्तिक २५ बिहीवार १२:३८ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...