अबदेखि लाइसेन्सका लागि एउटा लिखित परीक्षाले तीन पटकसम्म ट्रायल दिन मिल्ने !

काठमाण्डौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि ट्रायलमा फेल हुनेहरुले अबदेखि पटक पटक लिखित परीक्षा दिन नपर्ने भएकोछ । मंसिर १ गतेदेखि एकपटक लिखित परीक्षा पास गरेपछि ३ पटकसम्म ट्रायल दिने व्यवस्था लागु हुने भएको हो ।

एकपटक दिइएको लिखित परीक्षा उत्तीर्ण गरेकाले त्यसको ९० दिनभित्र ३ पटक लिखित परीक्षा पाउने गरी सवारी तथा व्यवस्था नियमावली संशोधन गरिएको छ । यो व्यवस्था अनुसार प्रयोगात्मक परीक्षा ट्रायल दिँदा फेल भएकाले १ महिनापछि फेरि ट्रायल दिन पाउने भएका छन् ।

संशोधनमा लिखित परीक्षा पास गरेकाहरुले ९० दिनसम्म तीनपटक ट्रायल दिनसक्ने उल्लेख छ । अहिले ट्रायल फेल भएकाले अहिले ९० दिन अर्थात ३ महिनासम्म मौका पाउँदैनन् ।

२५ कार्तिक २०७३, ११।००

२०७३ कार्तिक २५ गते १२:५६ मा प्रकाशित

You can share this post!

टिम्स समस्या समाधान गर्न बोर्डबाट पाँच सदस्यीय कमिटी गठन

What would Trump presidency mean for Nepal?

Related posts