back
NMB ad

के तपाई पैसा जोगाउन नसकेर या अन्य कुराले तनावमा हुनुहुन्छ ? एकपटक यो पढ्नुहोस् !

Kumari bank ad

काठमाण्डौं । के तपाई पैसा जोगाउन नसकेर हैरान हुनुहन्छ ? या त तपाई आफ्नो मोटोपन घटाउन नसकेर चिन्तित हुनुहन्छ ? अब ढुक्क हुनुहोस् । किनकी नेपाल टेलिकमले अब तपाईलाई यी दुबै र अन्य प्रकारका तनावहरुबाट पनि छुट्कारा दिनेछ । टेलिकमले सेवाग्राहीका लागि निशुल्क अनलाइन कोर्स सुरु गरेको छ ।

विश्वमा नै प्रसिद्ध लोकप्रिय एकेडेमी कोर्स निशुल्क प्रदान गर्ने भएपछि यी र यस्ता तनावबाट मुक्त हुन सकिने भएको हो । आयरल्याण्डबाट संचालनमा आएको यस एकेडेमीले बनाएको अनलाइन कोर्स अब टेलिकमका ग्राहकले  सित्तैमा पढ्न पाउने भएकाछन् ।

अब टेलिकमका ग्राहकले घरमै बसीबसी फाइनान्सियल ट्रेडिङ, डिजिटल मार्केटिङ, फोटोग्राफी, न्युट्रिसन, ग्राफिक डिजाइन, वेभ डेभलपमेन्ट, सोसियल मिडिया मार्केटिङ, फोटोसप, स्पोर्टस न्युट्रिसन, लाइटरुम, भाइरल मार्केटिङ, मोवाइल एप डेभलपिङ लगायतका कोर्स निःशुल्क अध्ययन गर्न पाउने भएका छन् ।

यस्तै विडिङ फोटोग्राफी, तौल घटाउने टिप्स, चाइल्ड न्युट्रिसन, माइक्रोसफ्ट एक्सल, करियर एडभेन्समेन्ट, वेभ डिजाइन, हाउसहोल्ड बजेटिङ, हेल्थ र फिटनेस, इन्भेस्टमेन्ट सम्वन्धि जानकारी समेत टेलिकमको अनलाइन कोर्सबाट लिन सकिन्छ ।

व्युटी, म्युजिक, कोडिङ फर किड्स, साइकोलोजी अफ सेल्स, फास्ट ट्रयाक विजनेस सक्सेस, इङ्गिल फर विगिनर्स, गिटार, स्मार्टफोन फोटोग्राफी र डिजिटल भिडियो जस्ता दैनिक जीवनका उपयोगी विषय पनि अनलाइनमा पढ्न पाइने टेलिकमले जनाएको छ।

नेपाल टेलिकमको वेबसाइटमा गएर आफुलाइ मन परेको कोर्स छानेर रजिस्ट्रर गरि अध्ययन गर्न सकिन्छ। रजिस्ट्रेसनका लागि नेपाल टेलिकमका ग्राहक हुन अनिवार्य छ। हाललाई तीन महिना परिक्षणकालको रुपमा यो कोर्स सुरु भएको छ ।

२५ कार्तिक २०७३, १।००

वि.सं.२०७३ कात्तिक २५ बिहीवार १५:१२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...