back
NMB ad

मधेसी मोर्चाले सरकारलाई दियो अल्टिमेटम, यो महिनासम्म पर्खन्छौं

Kumari bank ad

फाईल फोटो

काठमाडौ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको सङ्घीय गठबन्धनले सरकारले आफैँ घोषणा गरेको समयावधिमा पनि संविधान संशोधन विधेयक दर्ता गराउने तयारी नगरेको भन्दै असन्तुष्टि जनाएको छ ।

स्थानीय तीनकुनेस्थित सङ्घीय समाजवादी फोरम नेपालको कार्यालयमा भएको गठबन्धनको बैठकले यही कात्तिक मसान्तभित्र विधेयक व्यवस्थापिका–संसदमा दर्ता नभए पुनःसङ्घर्षमा उत्रने निर्णय गरेको छ । समयावधि बित्नै लाग्दा पनि सरकारले संशोधन विधेयक दर्ता गराउने सङ्केत नदेखाएको भन्दै आन्दोलनमा जाने निर्णय भएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् गठबन्धन सचिवालय सदस्य केशव झाले जानकारी दिए ।

“भोलिदेखि नै केही न केही विरोधका कार्यक्रम सुरु हुन्छ तर मसान्तसम्म हेर्छौं, त्यो अवधिमा नभए देशभर विरोध कार्यक्रम ल्याउने निर्णय भएको छ”– उनले भने । एक साताअघि सत्तारुढ दलले मोर्चासँग छलफल गरी कात्तिकको अन्तिम साता संशोधन विधेयक दर्ता गराउने निर्णय गरेका थिए । बैठकमा गठबन्धनका संयोजक उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तमसपाका अध्यक्ष शरदसिंह भण्डारी लगायत नेता उपस्थित थिए ।

प्रकाशित मितिः २०७३ कार्तिक २५

वि.सं.२०७३ कात्तिक २५ बिहीवार १९:२८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...