back
NMB ad

खुसीको खबर, अब घरजग्गाको नक्सापासदेखि सबै काम अनलाइनबाटै

Kumari bank ad

काठमाडौ। पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले यसै सातादेखि विद्युतीय प्रणाली मार्फत सेवा सुरु गर्ने भएको छ ।

वडा नं  ३१ नं मा पहिलो पटक परीक्षणका रुपमा उक्त सेवा विस्तार गर्न लागिएको कामपा, सूचना प्रविधि शाखा प्रमुख राम सापकोटाले जानकारी दिए । उनका अनुसार झन्डै एक महिनाको परीक्षणपछि अन्य सबै वडामा विद्युतीय प्रविधि जडान गर्ने तयारी हुँदैछ ।
कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार महानगरको सेवा कागजरहित, प्रविधिमा आधारित भएर प्रदान गर्न र नागरिकका घर घरमा सेवा विस्तार गर्न विद्युतीय प्रणाली मार्फत सेवा विस्तार गर्न लागिएको हो ।

एसियाली विकास बैंक र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको लगानीमा हुन लागेको उक्त कामका लागि झन्डै रु चार करोड लाग्ने अनुमान गरिएको छ । पछि सबै वडा कार्यालयबाट नागरिकले उक्त सेवा प्राप्त गर्न सक्नेछन् ।

नक्सा पास गर्ने, कर दिने–लिने, बक्यौता रकमका बारेमा जानकारी, करको शीर्षक, कामपाका कामकारबाही, नागरिकको गुनासोे तथा नीतिनियमबारे सम्पूर्ण जानकारी प्राप्त गर्न  इन्टरनेट मार्फत नागरिक र कामपाबीच सिधा सम्पर्क हुने कामपा राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।

त्यसैगरी बजेट अनुगमन तथा योजना प्रणाली, वित्तीय प्रणाली, राजस्व व्यवस्थापन, कर्मचारीको सूचना आदानप्रदान, जनशक्ति व्यवस्थापन, नागरिक इन्टरफेस प्रणाली लगायत सबै काम यसै मार्फत हुने बताइएको छ ।

उक्त सेवा विस्तार सँगै कामपाको आन्तरिक राजस्व  पनि नियमित रुपमा सङ्कलन हुने विश्वास कामपाले लिएको छ । आन्तरिक राजस्व अन्तर्गत कामपामा हरेक वर्ष करिब रु एक अर्ब उठ्ने गरेको छ भने अर्को रु एक अर्ब बक्यौता रहने गरेको छ । अबका दिनमा नगरवासीको सम्पूर्ण जानकारी कम्युटरमा अभिलेख राखिनेछ ।  कामपाले ३५ वटै वडाका नागरिकको तथ्याङ्क कम्युटरमा राख्ने काम पनि गर्ने छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २७

वि.सं.२०७३ कात्तिक २७ शनिवार १४:०७ मा प्रकाशित

You can share this post!

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:१२

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...