back
NMB ad

डेढ महिनाभित्रै ४५ मेगावाट बिजुली थपिंदै, चालु आवको अन्त्यसम्म २०० मेगावाट थपिने

Kumari bank ad

काठमाडौ। आगामी डेढ महिनाभित्र नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ४५ मेगावाट विद्युत् थप हुने भएको छ ।

मुलुकभर हाल प्राधिकरण र निजी क्षेत्रको गरी कुल जडित क्षमता ७८४ मेगावाट रहेको छ । कुल ५३ जलविद्युत् आयोजनाबाट उक्त क्षमतामा विद्युत् उत्पादन भइरहेको भए पनि ‘गोरखा भूकम्प’ र बाढीका कारण ४५ मेगावाट क्षमताको मध्य भोटेकोसी सञ्चालनमा रहेको छैन भने अन्य केही साना आयोजनाले अझै विद्युत् उत्पादन गर्न सकेका छैनन् ।

ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले २५ मेगावाट क्षमताको ‘मादी ए’ जलविद्युत् आयोजनाले आगामी एक महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने जानकारी दिए । यस्तै ६ मेगावाटको दरौँदी आयोजना सम्पन्न भइसकेको छ ।

सो आयोजनाले पनि आगामी महिनाभित्रै प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा विद्युत् थप गर्ने लक्ष्य राखेको छ । यस्तै १४ दशमलव ९ मेगावाट क्षमताको हेवा खोला जलविद्युत् आयोजना पनि प्राधिकरणको प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ । सो आयोजनाले केही समय पहिल्यै परीक्षण प्रसारण सम्पन्न गरिसकेको छ ।

यस्तै अर्को दुई महिनामा १२ मेगावाट बिजुली थप हुने मन्त्रालयका सचिव उपाध्यायले जानकारी दिए । हाल ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ए आयोजनाले पनि परीक्षण उत्पादन गरिरहेको छ । सो आयोजनाबाट हाल २५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने प्राविधिक तयारीपछि २५ मेगावाट थप हुनेछ । सगरमाथा सिनो हाइड्रोले निर्माण गरेको सो आयोजनामा नेपाली र चिनियाँ लगानीकर्ताको संयुक्त लगानी रहेको छ ।

विदेशी लगानीमा निर्माण हुने आयोजनाका प्रवद्र्धकसँग आयोजना विकास सम्झौता (पीडीए) को प्रक्रिया पनि सुरु गरिएको सचिव उपाध्यायले जानकारी दिएका छन् । उनकाअनुसार अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएकाले माथिल्लो त्रिशुली १ आयोजनाको प्रवद्र्धक कोरियाको कम्पनीसँग पीडीए अन्तिम चरणमा पुगेको छ ।

सरकारले चालु आवको अन्त्यसम्म करिब दुई सय मेगावाट विद्युत् थप हुने बताउँदै आएको छ । त्यसमा कुलेखानी तेस्रो १४ मेगावाट, चमेलिया ३२ मेगावाट र निजी क्षेत्रका अन्य आयोजना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २७

वि.सं.२०७३ कात्तिक २७ शनिवार १५:०१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...