back
NMB ad

विप्लव माओवादीको बन्दले गाडी चलेन, सास्ती खेप्दै सर्वसाधारण

Kumari bank ad

काठमाडौं । महङ्गी, भ्रष्टाचार नियन्त्रण तथा खाद्य अधिकार सुनिश्चितताको माग गर्दै विप्लव नेतृत्वको नेकपा माओवादीको बन्दले राजधानी लगायत देशभरको जनजीवन प्रभावित भएको छ ।

सडकमा सावारीका साधन चल्न सकेका छैनन् जसका कारण सर्वसाधारण पैदल हिँडेर आफ्नो गन्तव्य तर्फ लागेका छन् । सडक तथा चोकमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो देखिएको छ । बन्दकर्ताको उपस्थिति भने राजधानीका सडकमा देखिन्नन् ।

बन्दकाबीच साझा बस, मोटरसाइकल र न्यून मात्रामा निजी सावारी साधन सञ्चालनमा रहेको भएपनि भाडाका सवारी साधान नचल्दा सर्वसाधारण मर्कामा परेका छन् ।

यसैबीच बन्दगराउँदै हिँडेका विप्लव माओवादीका ८० भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको कलंकी, कालिमाटी, कोटेश्वर, चावहिल, बानेश्वर, धापासी लगायतका स्थानबाट उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २८

वि.सं.२०७३ कात्तिक २८ आइतवार १०:०२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...