back
NMB ad

संविधान कार्यान्वयनको विषयलाई संविधान संशोधनसँग जोड्नु उचित हुन्नः केपी ओली

Kumari bank ad

झापा। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि अब विकास निर्माणको साझा लक्ष्यमा राजनीतिक दल अघि बढ्नुपर्ने बताएका छन् ।
झापाको धरमपुर–पाँचगाछी जोड्ने सडक कालोपत्रे शिलान्यास कार्यक्रममा उनले भने,“विकास निर्माणको काममा कसैले राजनीति स्वार्थ लिनुहुँदैन, अबको समय भनेको विकास र संमृद्धिको हो ।”

उनले मुलुकमा अहिले नयाँ संविधान कार्यान्वयन गर्न दलीय सहकार्य जरुरी भएकाले यसमा एमालेले सधैं रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास दिलाए । उनले भने,“संविधान कार्यान्वयन गर्न स्थानीय तहसँगै तीनवटै निर्वाचन गर्न लाग्नुपर्छ ।” सरकारले संविधान कार्यान्वयनको विषयलाई संविधान संशोधनसँग जोड्नु उचित नभएको अध्यक्ष ओलीको भनाइ थियो ।
उनले भने–“अब संविधान कार्यान्वयनका लागि जति छिटो निर्वाचन गराउन सरकारले वातावरण निर्माण गराउनुपर्छ ।” अबको स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्ने र जनताको कामलाई सहज बनाउनुपर्नेमा उनको जोड थियो ।

नौ किमी लामो सो सडक रु नौ करोड ३७ लाखमा दुई वर्षभित्र पूरा हुने र सो सडक कालोपत्रे भएपछि धरमपुर हुंदै महाभारतसम्म आवतजावतमा सुविधा पुग्ने बताइएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २८

वि.सं.२०७३ कात्तिक २८ आइतवार १७:१४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...