किन्ने हैन त ? आजैबाट खुल्यो विकास बैंकको सेयर कारोबार !

काठमाण्डौं । शुभेच्छा विकास बैंकलाई गाभेको गरिमा विकास बैंकको आज सोमबारबाट सेयर बजारमा कारोबार खुलेको छ । गरिमाको जिबिबिएल टे«ड्रिङ कोडमा कारोबार हुने नेप्सेले जनाएको छ ।

भरतपुरको चितवनमा केन्द्रीय कार्यालय रहेको शुभेच्छा र पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा बैंकले मर्जर सकेर गत असोज ४ गतेदेखि एकिकृत कारोबार थालेका थिए । यी दुई बैंक गाभिाएपछि बनेको गरिमा विकास बैंकको चुक्तापूँजी एक अर्ब ८ करोड रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ५० करोड रुपैयाँ रहेको छ ।

मर्जरपछि बनेको गरिमा विकास बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ४ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रति सेयर आम्दानी १७ रुपैयाँ ३३ पैसा छ ।

२९ कार्तिक २०७३, १२।००

२०७३ कार्तिक २९ गते १२:५२ मा प्रकाशित

You can share this post!

जलविद्युत आयोजनामा अब स्थानीयलाई लगानीको अवसर, १० प्रतिशत सेयर पाउने !

धानको उत्पादन बढ्यो, तोकियो मूल्य !

Related posts