back
NMB ad

लोडसेडिङ मुक्त हुन प्राधिकरणले गर्यो जनतालाई आग्रह, यी काम गर्न नपाइने !

Kumari bank ad

काठमाण्डौँ । बिहान पाँच देखि आठ र बेलुकी साढे पाँच देखि साढे आठ बजे सम्मको ुपिक आवरुमा वासिङ मेसिन, पानी तान्ने पम्प, आइरन, गिजर जस्ता धेरै विजुली खपत गर्ने उपकरण नचलाउन प्राधिकरणले सर्वसाधारणलाई अनुरोध गरेको हो ।

तिहार यता लोडसेडिङ मुक्त रहेको राजधानीलाई सधैं यस्तै बनाउनका लागि प्राधिकरणले यस्तो आग्रह गरेको हो । लोडसेडिङ अन्त्य गर्ने अभियानमा उपभोक्तालाई साथ लिएर अघि बढ्ने प्राधिकरणको योजना छ। छ घण्टा बाहेक जुन सुकै समयमा यी उपकरण चलाउन सकिनेछ ।

प्राधिकरणका अनुसार पिक आवरमा राजधानीको विद्युत खपत ३०० मेगावाट सम्म पुग्ने गरेको छ। दिनभर यो २०० मेगावाट मात्र रहेन र राती १० बजे देखि बिहान पाँच बजे सम्म १०० मेगावाटमा झर्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए।

उनले यहि माग र आपूर्तिको सन्तुलन मिलाएर उपत्यकालाई लोकसेडिङ मुक्त गर्न कम्मर कसेका छन्। राजधानीमा आसपासकै भोटेकोशी, खिम्ती एवं त्रिशुली करिडोरका परियोजनाबाट विद्युत आपूर्ति हुने गरेको छ। त्यस बाहेक पिक आवरमा कुलेखानीको समेत सहयोग रहन्छ।

पिक आवरमा सर्वसाधारणले धेरै बिजुली खपत गर्ने उपकरण नचलाइ बत्ति बाल्ने, टिभी हेर्ने लगायतका काम मात्र गर्ने हो भने लोडसेडिङ व्यवस्थापन कठिन नहुने प्राधिकरण व्यवस्थापनको विश्वास छ।

१ मंसिर २०७३, १०।००

वि.सं.२०७३ मंसिर १ बुधवार ११:२५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...