काठमाण्डौं । सिन्धु विकास बैंकको साधारणसभाले १६.८ प्रतिशत बोनस सेयर तथा ०.८८ प्रतिशत नगद लाभांस पारित गरेको छ। बैंकको सातौं साधारणसभाले यस्तो प्रस्तावलाई पारित गरेको हो।
साधारणसभाले १० बराबर ८ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।बैंक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले तोकिएको म्याद सम्ममा बैंकले पुँजी पुर्याउने दाबी गरे।
बैंकले १ अर्ब ६१ करोड निक्षेप संकलन गरी १अर्ब १५ करोड कर्जा प्रवाह गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जिव प्रधानले जानकारी दिए।
२ मंसिर २०७३, १०।००
वि.सं.२०७३ मंसिर २ बिहीवार १०:३२ मा प्रकाशित