काठमाण्डौं । नेपाल टेलिकमले बिलिङ सिस्टम परिवर्तन गर्नुपर्ने भएकोले आज मंसिर ३ गते शुक्रबार रातिदेखि भोलि मंसिर ४ गते शनिबारसम्म मोवाईल सेवा प्रभावित हुने बताएको छ।
टेलिकमले एक सुचना जारी गर्दै कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा रुपान्तरण गर्नुपर्ने भएकोले उक्त समयमा सेवा प्रभावित हुन सक्ने जनाएको छ।
भाइस कल, डाटा,रिचार्ज तथा वाइम्याक्स सेवा प्रभावित हुनेसँगै नयाँ कार्ड सुचारु सेवा पनि बन्द हुने जानकारी दिएको छ। यसरी सेवा प्रभावित हुँदा पर्ने असरप्रति टेलिकमले क्षमाचना गरेको छ।
३ मंसिर २०७३, १०।००
वि.सं.२०७३ मंसिर ३ शुक्रवार १३:१९ मा प्रकाशित