back
NMB ad

विकास र संरक्षणबीच सन्तुलन मिलाउन टानको जोड

Kumari bank ad

काठमाडौं । पहाडी तथा हिमाली क्षेत्रहरुमा विकास र संरक्षणबीच सन्तुलन मिलाउनुपर्ने कुरामा ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले जोड दिएको छ्र ।
राजधानीमा जारि पर्वतिय पर्यटन, मौसम परिबर्तन, तथा नेपालको भूकम्प सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनमा शुक्रबार ’साहसिक पर्यटन, सम्भावना र चुनौतीहरु’ बिषयक कार्यपत्र प्रस्तुत गर्दै टानका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महतले बाटो निर्माणका कारण पदयात्रा मार्गहरु छोटीदै जानु नेपाली पदयात्रा व्यवसायमा चुनौतीका रुपमा देखा परेको बताए ।
मकालु तथा कन्चनजंघा हिमाल आरोहणको हिरक महोत्सबको उपलक्ष्यमा उक्त सम्मेलन आयोजना गरीएको हो ।
ूबिकासको गति रोक्न सकिंदैन, तर यस्ता गतिविधिहरुले हिमाली तथा पहाडी क्षेत्रहरुमा पर्ने प्रभाव न्यूनीकरण गर्नसकिन्छ । यसका लागि पर्यटन उद्योगका सबै सरोकारवालाहरु मिलेर विकास र संरक्षणबीच सन्तुलन मिलाउनुपर्ने महतले बताए ।
बाटो निर्माणले गर्दा अन्नपुर्ण क्षेत्रका धेरै पदयात्रा मार्गहरु, जस्तै उपल्लो मुस्तांग र राउण्ड अन्नपुर्ण पदयात्रा मार्ग छोटिएकाछन् । पहिले घटीमा पनि दुइ हप्ता लाग्ने यो पदयात्रा अहिले एक हप्तामै गर्नसकिन्छ ।
कार्यपत्रमा महतले बढ्दो विश्व तापमान तथा जलवायु परिबर्तन, दक्ष कामदारहरु बैदेशिक रोजगारमा जाने बढ्दो प्रबृत्ति, संस्कृति तथा बाताबरणमा चाप, प्राकृतिक प्रकोप, छिमेकि गन्तब्यका सस्ता भ्रमण प्याकेज, विश्व बजारमा पहुँचको कमि, अबैधानिक रुपमा पर्यटकीय गतिबिधिहरुको संचालन तथा अब्यबस्थित शहरीकरण साहसिक पर्यटनका चुनौतीहरुका रुपमा राखेका थिए ।
त्यसैगरि कार्यक्रममा बोल्दै अल्पाइन संघहरुको अन्तराष्ट्रिय संगठनका अध्यक्ष फ्रिट्स भ्रेईलान्डेटले नेपाल आउन पाउँदा खुशी लागेको बताए । “मैले नेपालका धेरै ठाउँमा पदयात्रा र पर्बतारोहण गरेको छु । नेपाल पुरा विश्वमै एक महत्वपूर्ण साहसिक पर्यटन गन्तब्य हो, उनले भने ।
कार्यक्रममा उच्च सरकारी अधिकारीहरु, कुटनीतिज्ञ, बिकास अभियन्ता र पर्यटन संघ संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।

३ कात्तिक २०७३

वि.सं.२०७३ मंसिर ३ शुक्रवार १८:२० मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५७

काठमाडौँ : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५०

भैरहवा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:४४

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी...

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:३६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...