back
NMB ad

उखुको मूल्य प्रतिक्विन्टल ५६१ गर्न माग

Kumari bank ad

नवलपरासी। नवलपरासीका उखु किसानले सरकारले तत्काल उखुको मूल्य निर्धारण गर्नुपर्ने माग गरेका छन् ।

उखु क्रसिङ सुरु भइसक्दासमेत सरकारबाट मूल्य निर्धारण नभएको भन्दै किसानहरुले उखुको मूल्य प्रतिक्विन्टल रु ५६१ निर्धारण गर्न माग गरेका हुन् । अघिल्लो वर्ष चिनीको मूल्य प्रतिकिलो ४८ रुपैँया बजार भाउ हुँदा उखुको मूल्य प्रतिक्विन्टल ४४८ रुपैँया रहेको थियो  । तर यसपटक चिनीको मूल्य प्रतिकिलो ७२ रुपैँया बजार भाउ हुँदा उखुको मूल्य प्रतिक्विन्टल रु ५६१ निर्धारण हुनुपर्ने उखु उत्पादक कृषक समितिले जनाएको छ । उचित मूल्य र समयमा चिनी उद्योगबाट भुक्तानी रकम नपाउदा किसान थप मारमा परेको उखु किसान अगुवा प्रेमचन्द्र गुप्ताले  बताए ।

चिनी उद्योगले मङ्सिर महिनादेखि उखुको क्रासिङ गर्ने काम सुरु गर्छ । नवलपरासीमा  लुम्बिनी चिनी उद्योग, इन्दिरा सुगर मिल, मोहीनी सुगर मिल्स र बागमती खाडसारी गरी गरी पाँच ठूला चिनी उद्योग रहेका छन् ।

उखु किसानले चिनी उद्योगलाई उखु दिएपनि  समयमा  भुक्तानी नपाउने  भएपछि किसानले प्रत्येक वर्ष उखु खेती लगाउन छाड्दै गएका छन् । उखु खेतीबाट लाभलिने उद्देश्य लिएका उखु किसान दिनप्रतिदिन ऋणको चपेटमा पर्दै गएका छन् ।

जिल्लाको कुल सात हजार पाँच सय हेक्टर क्षेत्रफलबाट वार्षिक २० देखि २५ लाख क्विन्टल उखु उत्पादन हुँदै आएको छ । खास गरी नवलपरासीको ६ नं निर्वाचन क्षत्रेका अधिकांश गाविस उखु खेतीका लागि उर्वर मानिन्छ । जिल्लामा करिब १४ हजार घरपरिवारले उखु खेती गर्ने गरेका समितिले जनाएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर ४

वि.सं.२०७३ मंसिर ४ शनिवार २०:२२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...