काठमाण्डौं । कृषि विकास बैंकको कात्तिक ३ गतेबाट बिक्री खुल्ला भएको २ बराबर १ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने भोली अर्थात् मंसिर ७ गते अन्तिम दिन रहेकोछ ।
बैंले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । यस हकप्रद सेयरमा असोज ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
हकप्रद सेयर आवेदन कृषि बिकास बैंकको विभिन्न कार्यालय सहित एस क्यापिटल, एस डेभलपमेन्ट बैंकका कार्यालय र सिबिआईएल क्यापिटल लिमिटेडबाट बैंकको सेयरमा आवेदन दिन सकिन्छ ।
६ मंसिर २०७३, १०।००
वि.सं.२०७३ मंसिर ६ सोमवार १०:५१ मा प्रकाशित