back
NMB ad

एउटा व्यक्तिको सम्पत्ती १२ डलरबाट सुरु भएर २७ विलियन डलर !

Kumari bank ad

ज्याक माको जन्म सन् १९६४ को अक्टोबर १५ मा भएको थियो । दक्षिणपूर्वीय चीनमा रहेको हाङजोउ भन्ने ठाउँम उनी जन्मिएका थिए । उनका एक दाजु र बहिनी थिए । त्यतिबेला चीन कम्युनिष्ट चाइनाको रुपमा एक्लिएको राज्य थियो । ज्याक माको परिवारसँग आफ्ना लागि खर्च गर्नका लागि केही पैसा पनि थिएन ।

स्कुल पढ्दा उनी आफ्ना अन्य समकक्षीहरुसँग प्रायः लडाइँ गरिरहन्थे । उनको रुचिको विषय भनेको फट्यांग्रा संकलन गर्नु र तिनीहरुलाई एक आपसमा लडाउनु थियो । उनी त्यसमा त्यति धेरै मख्ख हुन्थे कि उनलाई फट्यांग्राको आवाजबाटै त्यसको प्रजाती थाहा हुन्थ्यो ।

सन् १९७२ मा जब अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले हाङजोउको भ्रमण गरे । तब ज्याक माको जन्मथलो पर्यटकीय स्थलको रुपमा विकास हुन थाल्यो । त्यतिबेला उनी बिहानै उठ्थे र शहरको होटलको अगाडि गएर उभिन्थे । त्यहाँ आउने पर्यटकलाई शहर घुमाइदिने र त्यसवापत अंग्रेजी सिक्न पाइने उनको लोभ थियो । त्यतिबेला उनले साथी बनाएको एउटा पर्यटकले नै उनको नाम ज्याक राखिदिएका थिए ।

उनीसँग प्रशस्त पैसा थिएन, न त कुनै ठूलो व्यक्तिसँग सम्बन्ध नै थियो । त्यसैले अगाडि बढ्नका लागि शिक्षा अत्यावश्यक छ भन्ने कुरा ज्याक मालाई थाहा थिए । त्यसैले उनले स्कुले शिक्षा सकेपछि कलेज भर्ना हुने विचार गरे । तर प्रवेश परीक्षामा उनी दुई पटक फेल भए र पनि उनले हिम्मत हारेनन् । तेस्रो प्रयासमा उनले नाम निकाले र उनले अध्ययन गर्न थाले । सन् १९८८ मा उनले कलेजको अध्ययन सकाए र धेरैभन्दा धेरै जागिरमा आवेदन दिए ।

त्यतिबेलाको दिन उनका लागि निकै कष्टकर थियो । उनलाई दर्जनभन्दा बढी कम्पनीले अस्वीकार गरेका थिए । त्यसपछि उनले स्थानीय एक विश्वविद्यालयमा पढाउन थाले । त्यतिबेला उनको मासिक तलब मात्र १२ डलर थियो ।

ज्याक मालाई कम्युटर र कोडिङका बारेमा केही थाहा थिएन । उनले आफ्नो पहिलो अमेरिकी भ्रमणका बारेमा सन् १९९५ मा मात्र कम्युटर÷इमेल चलाउने अवसर पाएका थिए । ज्याकले त्यतिबेला अनलाईनमा वियर सर्च गरे र उनले त्यहाँ प्रकाशित नतिजामा कुनै पनि चीनियाँ वियर देखेनन् । यसपछि उनले चीनकै लागि एक इन्टरनेट कम्पनी खोल्ने विचार गरे ।

तर उनलाई सफलता सजिलै हात परेन । उनको दुईवटा प्रयास व्यर्थ भयो । त्यसको चारवर्षपछि उनले आफ्नो कोठामा १७ जना साथीहरु जम्मा गरे र उनीहरुलाई आफ्नो लागि लगानी गर्न प्रेरित गरे । त्यसपछि उनले अनलाईन व्यापारिक संजाल ‘अलिबाबा’ खोल्ने निर्णय गरे । यो साइटले निर्यातकर्ताहरुलाई आफ्नो सामान पोष्ट गर्ने ठाउँ दिन्थ्यो जुन ग्राहकहरुले सजिलै किन्न सक्थे ।

छिटै नै, यसको सेवाले संसारका भरका धेरै मानिसहरुलाई आकर्षित ग¥यो । त्यसपछि ठूला ठूला कम्पनीहरुले पनि अलिबाबा प्रति चासो देखाएर यसमाथि लगानी गर्न थाले । सन् २००५ मा याहुले अलिबाबामाथि १ बिलियन डलरको लगानी ग¥यो र यसको ४० प्रतिशत स्टेक लियो ।

सन् २०१३ मा ज्याक माले सिइओ पद छाड्दै व्यवस्थापक अध्यक्षको रुपमा बस्न चाहे । त्यो वर्षकै सेप्टेम्बर १९ मा अलिबाबा पब्लिक कम्पनीका रुपमा अगाडि आयो ।

ज्याक माले सधैं भन्ने गरेका छन् कि, ‘आज हामीले जे पाएका छौं, त्यो पैसा होइन । हामीले पाएको भनेको मानिसहरुको विश्वास हो ।’

फोब्र्सको सूचिमा चीनकै सर्वाधिक दोस्रो धनीमा आउने ज्याक मासँग अहिले २७ विलियन डलर सम्पत्ति रहेकोछ । सन् २०१५ मा उनी सर्वाधिक प्रभावशाली व्यक्तित्वमा २२औं नम्बरमा परेका थिए । उनी सन् २०१६ कै लिष्टमा टेक्नोलोजीको क्षेत्रमा सर्वाधिक धनीमा ८औं नम्बरमा पर्छन् ।

उनका अनुसार उनी जीवनमा सात पटक नराम्रोसँग फेल भएका छन्, तर पनि उनले हिम्मत हारेनन् । पहिलो पटक उनले स्कुले जीवनमा असफल भएका थिए । उनी स्कुलको परीक्षामा पटक पटक फेल भएका थिए तर पनि उनले आप्mनो अध्ययनलाई बिट मारेनन् ।

त्यस्तै, उनले कलेजको प्रवेश परीक्षामा १२० अंकमा मात्र १ अंक ल्याएका थिए । उनी त्यसमा दुई पटक फेल भएका थिए । तर पनि उनले हिम्मत हारेनन् ।

उनी हार्वर विश्वविद्यालयमा पढ्न चाहन्थे । यसका लागि उनले त्यहाँ आवेदन दिए । त्यहाँ उनी १० पटक रिजेक्ट भएका थिए ।

उनलाई जीवनमा ३० वटा जागिरबाट अस्वीकार गरिएको थियो । ३० वटा जागिर लगातार नपाउँदा पनि उनले हिम्मत हारेनन् ।

केएफसीले एउटा अन्तरवार्ता लिएको थियो । त्यसमा २४ जनाले भाग लिएका थिए । यस्तोमा ज्याक मा मात्र एक व्यक्ति थिए जसलाई केएफसीले लिन अस्वीकार गरेको थियो । उनको हाइट र लुकलाई लिएर केएफसीले यस्तो निर्णय गरेको थियो ।

काम गर्दै जाँदा असफलता पनि मिल्छ, सोचे जस्तो हुँदैन । त्यस्तै सिलिकन भ्याली भन्ने कम्पनीलाई उनले अलिबाबामाथि इन्भेष्ट गर्न मनाउन सकेनन् । उनी यसलाई आफ्नो ठूलो गल्ती भन्छन् । धन्न त्यतिबेला अलिबाबा टाट पल्टिनबाट जोगिएको थियो ।

आफ्नो अलिबाबा ग्रुपका १८ जनालाई उनले महत्व दिएनन् । किनकी उनी नयाँ पार्टनर÷राम्रो मान्छे आओस् र अलिबाबालाई राम्रोसँग चलाओस् भन्थे । तर यसले झन् उनलाई धन्नै धन्नै टाट पल्टाएको थियो ।

यी सबै घटना उपघटनालाई उनले आफ्नो जीवनको असफलतासँग जोडेका छन् । यति हुँदा हुँदै र यही कुराबाट पाठ सिक्दै आज उनले अलिबाबालाई संसारमै प्रसिद्ध बनाएका छन् भने आफूलाई चीनकै दोस्रो धनी व्यक्तित्वको रुपमा खडा गरेका छन् ।

इरादा पहाडी 

एजेन्सीको सहयोगमा, ७ मंसिर २०७३, ८।३०

वि.सं.२०७३ मंसिर ७ मंगलवार ०८:१८ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...