back
NMB ad

सेयर सूचक घट्नुमा तपाई आफै जिम्मेवार त हुनुहुन्न ? एकपटक पढ्नुहोस्

Kumari bank ad

घट्नु र बढ्नु नै सेयर बजारको सुन्दरतम पक्ष हो । बजारलाई माग र आपुर्तिको नियमले सधै डोर्याईरहेको हुन्छ भन्ने कुरा बुझेर पनि बुझ पचाउनु र आफ्नो चाहना अनुसार बजारलाई डोर्याउन खोज्ने मुर्खता ठूला, साना वा संस्थागत लगानीकर्ता कसैले पनि गर्नु हुँदैन ।

ठूला लगानीकर्ता भन्नाले केही यस्ता ब्यक्तिहरु छन् जसले नेप्से एउटा बिन्दुमा हुँदा नै धेरै पहिले सेयर बेचेर पैसा मुठ्याएर बसेका थिए । बजार माथि गयो, आफुले सेयर किन्न पाएनन् र बजारबाट फाईदा लिन पाएनन् । अहिले जबरजस्ति अन्योल, अस्थिरता सिर्जना गर्ने र सर्वसाधारण लगानीकर्तालाई छिटो सेयर बेचेर भाग भन्ने शैली कसैले पनि अपनाउनु हुँदैन । यो एक किसिमको आर्थिक र नैतिक अपराध हो, जुन दण्डनीय छ ।

यहाँ सबैभन्दा बढी जिम्मेबार बन्न पर्ने सेयर दलालहरु नै हुन् किनभने लगानीकर्तासँग उनीहरुको दैनिक भेट, सम्पर्क हुन्छ र सेयर किनबेचको आदेश लिँदा उनीहरुले लगानीकर्तालाई राम्रो सल्लाह र सुझाव दिनसक्छन् ।

अहिलेको सेयर बजार र त्यसबारे हल्ला फैलाउने यस्ता समूहहरु सामाजिक संजालमा छन् जो बजार सधैं हरियो भएको मात्र देख्न चाहन्छन् । सेयर बजार सधैं हरियो हुनुपर्छ, हरियो बाहेक केही पनि हैन, उनीहरुको दिमागमा यही छ । नेप्सेको भित्ता हरियो नदेखेपनि कहिले हरियो तरकाली त कहिले हरियो कपडा लगाएकी भारतीय चलचित्रकी नायिकाको फोटो सामाजिक संजालमा भाईरल बनाईन्छ । घटबढ भईरहने सेयर बजारको चरित्र नै हो, कहिले हरियो हुन्छ, कहिले रातो ।

बजार कहिले घट्छ, कहिले बढ्छ, उतार चढाव नियमित प्रक्रिया हुन् भनेर बुझ्न नसक्नेहरु सेयर बजारको नियमलाई आफ्नो अनुकल ब्याख्या गर्न, अरु लगानीकर्तामा भ्रम छर्न र बजारबाट नाजायज फाईदा लिन प्रयास गरिरहेका हुन्छन् । यो पनि बजारको स्थायित्व बिरोधी घातक प्रबृत्तिहरु हुन् ।

सेयर बजारमा यस्तो प्रबृत्ति पनि सक्रिय छ, जो बजार सधै रातो होस् भन्ने चाहना ब्यक्त गरिरहन्छ । यस्ता प्रबृत्ति भएकाहरुले जनावर वा मानिस उत्तानो परेको फोटोहरु पोष्ट गर्छन् । यिनीहरु बजार र लगानीकर्तालाई गलत दिशातिर जान बाध्य पार्ने धृष्टता गर्छन, घाटा खाएर सस्तोमा सेयर बेचेर साधारण लगानीकर्ताहरु बाहिर निस्किदिउन् भन्ने उनीहरुको चाहना हुन्छ । यो पनि अहिलेको बजारमा अस्थिरता ल्याउन परिचालित घातक प्रबृत्ति हो ।

यी दुई बर्गको बीचमा अर्को एउटा बर्ग वा समूह छ । यो समूह कहिले सेयर बजार घटाउँन मात्र खोज्नेहरु तिर जान्छ त कहिले उचाल्न मात्र खोज्नेहरुतिर जान्छ । दुई ध्रुबीय खेलमा रमाउदा नै यो समूहलाई मज्जा आईरहेको देखिन्छ । उनीहरु रमिता हेर्नलाई समय ब्यतित गरिरहेका छन् ।

आधारभुत र प्राबिधिक बिश्लेषण गरी सेयर बजारमा लगानी गर्नु अति आबश्यक पनि छ । तर जब प्राबिधिक बिश्लेषकहरु अलि अगाडि बढेर नेप्से यत्ति घट्छ, फलानो सूचक यत्ति तल जान्छ, माथि जान्छ भनेर खुल्लम खुल्ला भन्न थाले, त्यसले पनि लगानीकर्तामा मनोबैज्ञानिक असर पार्यो । सेयर बजारको प्राबिधिक बिश्लेषणको पाटो एकदमै महत्वपूर्ण, सम्मानित, बिस्वसनीय हुनुपर्नेमा पछिल्लो समय स्तर खस्केर ज्योतिषको रुपमा देखिनु विडम्बना हो ।

प्राबिधिक बिश्लेषकहरुले तयार गरेका सामाग्रीलाई बजार घटाउन वा बढाउन चाहनेहरुले मुख्य औजारको रुपमा प्रयोग गरेर आम लगानीकर्तामा भ्रम सिर्जना गरिदिएका छन्, जसलाई प्राबिधिक बिश्लेषण गर्ने, गराउने गुरुहरुले सच्याउनु र सावधानी अपनाउनु अति आबश्यक भईसकेको छ ।

सेयर बजारमा भ्रम फैलाउन केही सेयर दलाल कम्पनी र लगानीकर्ताहरुले सामाजिक संजालमा खोलेका फोरम र समूहहरु पनि जिम्मेवार छन् । कतिपय नक्कली नाममा खोलिएका फेसबुक आईडी र समूहहरु पनि छन् । नक्कली नाम राखे पनि राम्रै कुरा लेख्छन् तर त्यस्ता नक्कलीहरुको बिस्वसनियता छैन । कतिपय पेशा र ब्यवसायमा संलग्न ब्यक्तिहरुले आफ्नो परिचय खोल्दा जागिर र ब्यवसाय नैै छाड्नु पर्ने बाध्यताले नक्कली नाम राखेर सेयर बजारसम्बन्धी फोरम तथा समूहहरुमा संलग्न भएको बुझिन आएको छ । समूहका सदस्यहरुले सही वा गलत नछुट्याई जथाभावी सेयर र कमेन्ट गर्ने गर्नाले पनि अन्योल बढाउँदै लगेको छ ।

धितोपत्र बोर्ड, नेप्से र राष्ट्र बैंकले नेपालको पूँजी बजारको बिस्तार र सुधारमा यसअघि धेरै राम्रो भुमिका खेलेर सबै लगानीकर्ताको तर्फबाट प्रशंसा कमाएकै हु्न् । अहिले अन्योल र अराजकता बढ्नुमा नियमनकारी निकायहरुले थप राम्रो काम गर्नमा गरेको ढिलाईले पनि सघाउ पुर्याईरहेको छ ।

यस्तो अवस्थामा सबै ठूला, साना र परिपक्व लगानीकर्ताले पुष्टि नभएका कुरा, हल्ला वा नकारात्मक प्रचारबाजीहरुलाई अरुसँगको चर्चामा नलैजाने, त्यस्तो हल्ला गर्नेहरुलाई अनफ्रेण्ड र ब्लक गर्ने अभियान चलाउने हो भने आफै नियन्त्रण गर्न सकिन्छ ।

– छोटेलाल रौनियार, ९ मंसिर २०७३, १०।४५

वि.सं.२०७३ मंसिर ९ बिहीवार १०:३७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...