back
NMB ad

चोरबाटोबाट हिंड्ने सरकारको बिरुद्धमा यातायात मजदुर एक बन्दै

Kumari bank ad

काठमाडौ । सरकारले अहिले चोरबाटोबाट कानुन ल्याएर यातायात मजदुरलाइ फसाउन खोजेको भन्दै सोही किसिमको कानुन ल्याउ त्यसको ससक्त प्रतिबाद गरिने चेतावनी दिएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुर्खेतको जिल्ला भेला कार्यक्रममा मजदुर नेताहरुले यस्तो चेतावनी दिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका उपाध्यक्ष अर्जुन अर्यालले बताए ।

कार्यक्रमका प्रमुख अतिथि जिफन्टका सचिव तथा ६ नं. प्रदेश संगठन कमिटिका संयोजक कमल गौतम यातायत मजदुरलाई सम्बोधन गर्दै भने–यदि मजदुर मारा कानुन ल्याएमा यातायात मजदुरहरु मुकदर्शक भएर बसिरहने छैन । यहाँ आन्दोलनको आँधी आउनेछ र न्यायपूर्ण आन्दोलनमा यातायात संगठन र देशभरका मजदुरहरु आन्दोलीत हुनेछन् । जिफन्टले न्यायपूर्ण आन्दोलनको सुभारम्भ गरिसकेको छ । श्रमिकको शक्ति बन्दुकको नालबाट निस्केको गोली भन्दा तेज र स्पातिलो हुनेछ ।
उनले जनतालाई नेल र हतकडीको त्रास देखाउने होईन जनताको मन जितेर सरकारले काम गरेर देखाओस् ।

जिफन्ट ६ नं. प्रदेश संगठन कमिटि सचिव तथा यातायात ईन्चार्ज पुर्ण वहादुर केसीको अध्यक्षता उक्त भेलाले तुलवहादुर वुढाथोकी मगरको अध्यक्षतामा ११ सदस्यीय सुर्खेत जिल्ला समिति समेत गठन गरेको छ । कमिटिको उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः रन्जन शाही (नर), कुल वहादुर शाही, चक्र वहादुर शाही, विश्वास वली, ओम वहादुर थापा, मोहन वहादुर मगर, बबोराज रेग्मी, नरेन्द्र शाही, वल वहादुर शाही, पदम वहादुर पुन मगर रहेका छन ।

प्रकाशित मितिः २०७३ मंसिर ९

वि.सं.२०७३ मंसिर ९ बिहीवार १६:१६ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...