back
NMB ad

हाइड्रो कम्पनीको करिब ४१ लाख कित्ता साधारण सेयर आउँदै, तपाई पनि आवेदन दिने हैन त !

Kumari bank ad

काठमाण्डौं। बुटवल पावर कम्पनीले ४० लाख ८१ हजार कित्ता फरदर पब्लिक अफरिङ  (एफपिओ ) जारी गर्ने भएको छ । यसका लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले ४० करोड ८१ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता नयाँ सेयर जारी गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ४ हजार ५० कित्ता स्थानीय बासिन्दाका लागि छुट्याएको छ ।

एफपिओबाट संकलित रकम कम्पनीले निमार्ण गर्दे गरेका आयोजनामा लगानी गरिने पनि कम्पनीले जनाएको छ । आधिखोला जलविद्युत केन्द र झिमरुक जलविद्युत केन्द्र आसपासका स्थानीयलाई यो सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । जसको प्रिमियम मूल्य निर्धारण गर्न बाँकी छ ।

कम्पनीले ३० मेगवाटको न्यादी जलविद्युत आयोजना,३७।६ मेगावाटको काबेली ए जलविद्युत आयोजनको निमार्ण अनुमति पाएको छ । १०० मेगावाटको मनाङ मर्स्याङ्दी उत्पादन अनुमति लिने क्रममा रहेको छ भने ८५ मेगावाटको चिनीखोला साना जलविद्युत आयोजना सम्भाब्यता अध्ययन पुरा गरेको छ ।

कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । जून अघिल्लो बर्षको यसै अवधिको तुलनामा झण्डै ६० प्रतिशत कम हो । १ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडाकोषमा २ अर्ब १३ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बुटवल पावरको प्रति सेयर आम्दानी १ दशमलव २८ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात ६ सय २७ दशमलव ८९ गुणा र प्रति सेयर नेटवर्थ २ सय २६ दशमलव १५ रुपैयाँ रहेको छ ।

१० मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर १० शुक्रवार १२:०७ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...