पर्सा। नेकपा(एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नहुने बताएका छन् । प्रेस चौतारी नेपाल पर्साले वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले सरकारले ल्याउन लागेको संशोधन प्रस्तावलाई मधेसी मोर्चाका नेताले नैं अस्वीकार गरेपछि प्रस्तावको औचित्य नै समाप्त भएको विचार व्यक्त गरे ।
उनले संविधान सभाबाट पारित भएको संविधानलाई लिएर मधेसी जनतामा कुनै समस्या नभएको, तर मधेसवादी दल र तिनका कार्यकर्तामा समस्या देखिएको बताए ।
नेता खनालले अहिले मुलुकलाई संविधान संशोधन भन्दा पनि संविधान कार्यान्वयनको आवश्यकता रहेको र यसका लागि काँग्रेस, एमाले र माओवादी केन्द्रबीच एकता आवश्यक रहेको विचार व्यक्त गरे ।
प्रकाशित मितिः २०७३ मंसिर ११
वि.सं.२०७३ मंसिर ११ शनिवार १४:०७ मा प्रकाशित