आज पनि सेयर मार्केटमा लाग्यो सर्किट ब्रेक, हेर्नुहोस् के के हुँदैछ सेयर बजारमा !

काठमाण्डौं । सेयर बजारमा आज आईतबार सेयर बजारमा कारोबार सुरु भएको ४७ मिनेटमा नेप्से पनि ४६ अंकले घटेपछि सर्किट लागेको छ । नेप्से १४८७.८७ मा झरेको छ भने यो अवधिमै १२ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

पहिलो सर्किट लागेपछि कारोबार १५ मिनेटका लागि स्थगित भएको छ । यसपछि कारोबार खुल्दा थप एक प्रतिशतले बजार घटेमा दोस्रो सर्किट लागे ३० मिनेटका लागि कारोबार बन्द हुनेछ भने पाँच प्रतिशतले बजार घटेमा आजका लागि पुरै कारोबार बन्द हुनेछ । बजार धेरै प्रतिशतले घटबढ नहोस् भनेर यसरी सर्किट लगाएर कारोबार रोक्ने गरिन्छ ।

केही दिनदेखि सेयर बजार लगातार घटेपछि लगानीकर्ताहरु आत्तिएका छन् ।

१२ मंसिर २०७३, १२।००

२०७३ मंशिर १२ गते ११:५३ मा प्रकाशित

You can share this post!

उद्योग व्यवसायी, मह जोडी, मन्त्रीहरुसँगै प्रचण्डलाई लिएर सिंहरदरबार छि¥यो साझा !

सेयर किन्नुहोस् र पाउनुहोस् प्रति सेयर २५ रुपैयाँ !

Related posts