back
NMB ad

६४ अंकले सूचक घट्दा पनि सेयर बजारमा पाँच कम्पनी चम्किए, हेर्नुहोस् ती कम्पनी !

Kumari bank ad

काठमाण्डौं । बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से ६४.५५ अंकले झरेर १४६९.४८ विन्दुमा पुगेको छ । आइतबार नेप्से अघिल्लो करोबारको तुलनामा ४.२१ प्रतिशतले झरेको हो ।

कारोबारमा आएका सबै समूहमा उच्च गिरावट आएपछि बजार ओरालो लागेको हो । कारोबार खुलेको ४७ मिनेट पुग्दा नपुग्दै बजार तीन प्रतिशतले झरेपछि सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको बजार केही समालिन खोजेपछि अन्ततः पुनः ओरालो लागेको हो ।

आज १२८ कम्पनीको सेयर किनबेच भएको बजारमा ९५ करोड ६० लाख लाख रुपैयाँ बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो कारोबारको तुलनामा तुलनामा १३ करोड रुपैयाँ कम हो ।

यसदिन पाँच कम्पनीका लगानीकर्ताले भने कमाएका छन् । केहीदिन अघि मात्र कारोबारमा आएको ग्रिन डेभलपेमन्ट बैंकको सेयर मूल्य दश प्रतिशतले बढेको छ । एनबी इन्स्योरेन्स, ओरेन्टल होटल, रिडी हाइड्रो तथा तिनाउ डेभलपमेन्ट बैंकको सेयर मूल्य सामान्य बढेको छ ।

झरेको बजारमा डेढ दर्जन बढी कम्पनीको सेयरमूल्य दश प्रतिशतकै हाराहारीमा घटेको छ । आइतबारको बजारमा एभरेष्ट बैंकको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । यसदिन एभरेष्ट बैंकको ११ करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

१२ मंसिर २०७३, ३।३०

वि.सं.२०७३ मंसिर १२ आइतवार १५:३५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...