back
NMB ad

एमालेले माग्यो गृहमन्त्रीको राजिनामा !

Kumari bank ad

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधन प्रस्तावको डिजाईन काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका दुई नेताहरु बसेर नयाँ दिल्लीमा बसेर गरेको आरोप लगाएका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएको उल्लेख गर्दै यसको डिजाईन नेपालमा नभएर भारतमा भएको आरोप लगाएका हुन् । उनले अघि थपे,‘यो सरकार लेण्डुप दोर्जेको पदमा हिँड्न खोेजेको छ, सम्पूर्ण देशभक्त नेपालीहरुले यसको विरोध गर्नुपर्छ ।’

रावलले संविधान संशोधनको विषय नेपाल र नेपाली जनताको हितमा नभएको बताउँदै भने,‘मरेर गाडी सकेको लाशलाई झिकेर दुर्गन्ध फैलाउने काम यो सरकारले गर्न खोजेको छ, नेकपा एमालेले यस्तो कदापि हुन दिँदैन् ।’

उनले संविधान संशोधनको प्रस्ताव वर्तमान सरकारले आफ्नो विवेकले भन्दापनि विदेशीको दिमागले गर्न खोजेको आरोप लगाए । उनले प्रदेशको सिमांकनको विवाद समाधानको नाममा ५ नम्बर प्रदेशलाई तलमाथि गर्ने कार्य कुनै हालतमा स्विकार्य नभएको जिकिर गरे । रावलले थपे,‘तराई र पहाडलाई छुट्याउनको लागि संविधान संशोधन किन ?’

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले एक अन्र्तवार्तामा एमालेलाई महेन्द्र पथमा हिँडेको भन्ने आरोप लगाएको कडा आक्रोश पोख्दै थपे,‘महेन्द्रले चालेको कदमको एमालेले सशक्त विरोध गरेको थियो, यस्तो हाँस्सयपद कुरा गर्न लाज लाग्दैन ।’

उनले उपप्रधानमन्त्री निधिले आफ्नो संयम गुमाएर बोलेको भन्दै यथाशिघ्र पदबाट राजिनामा दिएर घर जान चेतावनी दिए । रावलले थपे,‘जनताको राजस्वबाट तलबभत्ता खाएको व्यक्तिले संयम गुमाईसकेको हो, अब लेण्डुप पथमा नगई हुँदै हुँदैन भन्ने हो भने पद छोडेर घरतिर गए हुन्छ ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई चुनाव गरेर देखाउन चूनौति दिएका छन् । रावलले थपे,‘यो सरकारले चुनावको खाका कहाँ ल्यायो ? चुनावमा जाऔं, परिक्षा गरौं न ? चुनावबाट किन भाग्न खोजेको ?’

रावलले अघि थपे,‘तराईका ९९ प्रतिशत जनता देशभक्त छन्, माया नगर्ने भनेको एक प्रतिशत मात्रै छन् ती पनि नेताहरु हुन् ।’ उनले वर्तमान सरकारले संविधान संशोधनको नाममा दुई तिहाई पु¥याउनको लागि अन्य पार्टीका नेताहरुलाई उपप्रधानमन्त्री पद दिन्छु भन्नु र पैसा दिन्छु भन्नेले पनि सरकारको कदमबारे राम्रो जानकारी हुने दाबी गरे ।

प्रकाशित मितिः २०७३ मंसिर १२

वि.सं.२०७३ मंसिर १२ आइतवार १७:२० मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...