back
NMB ad

आन्तिरिक लोडसेडिङ घटाउ अभियानः पिक आवरमा उद्योग धन्दा नचलाउन प्राधिकरणको आग्रह

Kumari bank ad

दाङ । दाङमा आन्तिरिक लोडसेडिङ घटाउन नेपाल विद्युत प्राधिकरणले अभियान सुरु गरेको छ । आइतवार तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा विद्युत प्राधिकरण र व्यवसायीहरु विच भएको अन्तरक्रिया कार्यक्रममा सवै खालका उद्योग तथा वढी विद्युत खपत गर्ने विद्युतिय उपकरणहरु नचलाउन प्राधिकरणले अनुरोध गरेको छ ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका तुलसीपुर प्रमुख टंकराज गिरीले आम सर्वसाधरणको मागलाई मध्यनजर गर्दै देश भरी लोडसेडिङ झन्डै झन्डै कम भैसकेको अवस्थामा तुलसीपुर क्षेत्रमा पनि पिक आवरमा उद्योग तथा कलकारखानाहरु नचलाईदिन आग्रह गरे । उनले उद्योगहरुले खपत गर्ने विद्युत सर्वसाधरणहरुलाई दैनिक कामकाजमा सहयोग पु¥याउने उदेश्यले पिक आवरमा मात्र वेलुका ६ः००बजे देखि १०ः०० सम्म कुृनै पनि कलकारखानाहरु सञ्चालन नर्गन व्यवसायीहरुलाई आग्रह गरिएको छ । साथै यस अभियान अवधिभर निरन्तर अनुगमन हुने र यदि कसैले अटेरी गरेको पाईएमा कानुन वमोजिम कारबाही हुने समेत विद्युत प्राधिकरणले चेतावनी दिएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष रिजालले अन्य समयमा विद्युत प्राधिकरणवाट हुने कमिकम्जोरी तत्काल सुधार गर्नु पर्ने बताए । उनले व्यवसायीहरु लोडसेडिङको मारमा निरन्तर पर्दै आइरहेको भन्दै प्राधिकरणले चुहावट नियन्त्रण र कम भोल्टेजको समस्यालाई तत्काल समाधान गर्न समेत ध्यानाकर्षण गराए । कार्यक्रममा उद्योगी,व्यापारी, व्यवसायीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः २०७३ मंसिर १२

वि.सं.२०७३ मंसिर १२ आइतवार १९:४७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...