बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ ३० प्रतिशत बोनस सेयर !

काठमाण्डौं । हिमालय बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरुका लागि ३० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बैंकको हिजो बसेको ३ सय ३८औं बोर्ड मिटिङले उक्त निर्णय गरेको हो ।

यसका साथै कम्पनीले १.५७ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको छ । बैंकको यो निर्णयलाई बैंकको साधारण सभा एवं नेपाल राष्ट्र बैंकले स्वीकृत दिन बाँकी नै छ । बैंकले गत आर्थिक वर्ष २०७०/०७१ मा एक अर्ब १० करोड २८ लाख रुपैयाँ खुद नाफा गरेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ९४ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकले गत आर्थिक वर्षमा २ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन आम्दानी अघिल्लो वर्षको तुलनामा केही कम हो । यस अवधिमा बैंकले फि तथा कमिशनबाट ५५ करोड रुपैयाँ ७८ लाख, अन्य सञ्चालन आम्दानी २० करोड ६४ लाख, विदेशी मुद्राको कारोबारबाट ३८ करोड ५१ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

अघिल्लो वर्ष ३ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको बैंकले गत वर्ष करिव २२ करोड रुपैयाँ बढी ३ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गर्न सफल भएको छ ।

१५ मंसिर २०७३, ११।००

२०७३ मंशिर १५ गते ११:४७ मा प्रकाशित

You can share this post!

तपाई के गर्दै ? चीन, कोरिया, बंगलादेशबाट तपाईको खेतमा खेती गर्न आउँदैछन् है !

सेयर किन्दै हुनुहुन्छ ? एकपटक यो पढ्नुहोस् अनि बजेट छुट्याउनुहोस् !

Related posts