सेयर किन्दै हुनुहुन्छ ? एकपटक यो पढ्नुहोस् अनि बजेट छुट्याउनुहोस् !

काठमाण्डौं । के तपाई अहिले सेयर किन्दै हुनुहुन्छ ? यदि तपाई सेयर किन्दै हुनुहुन्छ भने तीन कम्पनीले आफ्नो सेयर मूल्य समायोजन गरेका छन् । मूल्य समायोजन भएका कम्पनीहरुमा जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, साइन रेसुङ्गा डेभलपमेण्ट बैंक र लुम्बिनी जेनरल इन्स्योरेन्स को लिमिटेड रहेका छन् ।

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक अर्थात् जेएसएलबीबीले २० प्रतिशत बोनस सेयरका लागि आफ्नो मूल्य १६ सय ३३ कायम गरेकोछ । यसको आधार मूल्य भने ८ सय ६७ रहेको छ ।

त्यस्तै, साइन रेसुङ्गा डेभलपमेण्ट बैंक अर्थात् साइनले आफ्नो २७ प्रतिशत बोनस सेयरका लागि सेयर मूल्य ३ सय ९८ तोकेको छ । यसको आधार मूल्य ३ सय २७ रहेको छ ।

यसै गरी, लुम्बिनी जेनरल इन्स्योरेन्स को लिमिटेड अर्थात् एलजीआईएलले पनि आफ्नो मूल्य समायोजन गरेकोछ । यसले १८.१८ प्रतिशत बोनस सेयरका लागि आफ्नो सेयर मूल्य १३ सय ५४ प्रति कित्ता कायम गरेकोछ । यसको आधार मूल्य भने ९ सय १७ रहेकोछ ।

१५ मंसिर २०७३, ११।००

२०७३ मंशिर १५ गते १२:११ मा प्रकाशित

You can share this post!

बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ ३० प्रतिशत बोनस सेयर !

के बैंकलाई ब्रोकर लाइन्सेन्स दिने प्रक्रिया अवरुद्ध भएकै हो त ?

Related posts