काठमाण्डौं । आज सेयर बजारमा सबै सुचक हरियो भएपछि सेयर बजारले १६ सय अंक पार गरेको छ । आइतबार अध्यधिक मात्रामा घटेको सेयर बजार सोमबारदेखि सम्हालिएको थियो ।
केही दिन अघि मात्र १४०४ अंकसम्म झरेको बजारमा आज बुधबार नेप्सेमा एक सय ३५ कम्पनीको सेयर कारोबार भएकोछ । बजारमा आज १ अर्ब ३६ करोड ३५ लाख ८१ हजार रुपैंयाको किनबेच भएको हो । आज बुधबार एभरेष्ट बैंकको मात्र २० करोड बढीको सेयर कारोबार भएको छ ।
१५ मंसिर २०७३, ३।४५
वि.सं.२०७३ मंसिर १५ बुधवार १५:५० मा प्रकाशित