back
NMB ad

संबिधान संसोधन प्रस्तावको बिरोधमा संसद् र सडक सबैतीर अबरोध सुरु,हेर्नुस्,माओवादी,मधेसवादी सहित विरुद्धमा को-को ?

Kumari bank ad

काठमाडौ ।  नेकपा (एमाले)ले सरकारले अघि सारेका संविधान संशोधनको प्रस्तावको विरोधमा बिहीबारदेखि हुने व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ । संसद् भवन बानेश्वरमा बुधबार सम्पन्न संसदीय दलको बैठकमा संविधान संशोधनको प्रस्तावले मुलुकलाई विखण्डित गराउने र संविधान कार्यन्वयनमा जटिलता आउने भएकाले पार्टीले सदन र सडकमा प्रतिरोध गर्ने निर्णय गरेको सो दलका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
संसद्को बैठक सुरु हुनु १५ मिनेट अगावै आफ्ना सांसदलाई  अनिवार्य उपस्थितिका लागि पनि बैठकले निर्देशन दिएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थ्यताका कारण उपनेता सुवास नेम्वाङको अध्यक्षतामा संसदीय दलको बैठक बसेको थियो ।

संशोधन विधेयकले आन्दोलरत पक्षको माग सम्बोधन गरेनः अध्यक्ष यादव

काठमाडौ। सङ्घीय समाजवादी फोरम नेपालले सरकारले संसद्मा दर्ता भएकोे संविधान संशोधन विधेयकले आन्दोलनरत पक्षको माग सम्बोधन नगरेको बताएका छन् ।

आदिवासी जनजाति, थारू, खस, मुस्लिम, महिला, दलित तथा मधेसमा भएका आन्दोलनको माग बमोजिम संविधान संशोधन प्रस्ताव दर्ता नगरेर सरकारले गल्ती गरेको पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘‘संशोधन विधेयकले मधेसी मोर्चा र सङ्घीय गठबन्धनले उठाइएका कुनै पनि मागको पूर्णरुपले सम्बोधन गरेको छैन’’ विज्ञप्तिमा भनिएको छ–‘‘मधेसी मोर्चा र सङ्घीय गठबन्धनले उठाएका पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका विषयमा संशोधन प्रस्तावले सम्बोधन गरिएको छैन ।

जातीय र सामुदायिक जनसङ्ख्याको आधारमा समानुपातिक समावेशिकरण र राष्ट्रिय पहिचानको मान्यताका कहींँ चर्चासम्म पनि छैन अध्यक्ष यादबले भनेका छन् ।

संशोधन प्रस्तावले वर्गीय, जातीय, लैङ्गिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय आदि भेद्भावलाई अन्त्य गर्न नसक्ने भन्दै विज्ञप्तिमा भनिएको छ– ‘‘यसले मुलुकलाई शान्ति, स्थिरता, राष्ट्रियता, राष्ट्रिय एकता र विकासको सट्टा थप द्वन्द्व, अन्यौल र अस्थिरतातर्फ लैजाने खोजेको छ ।” विज्ञप्तीमा भनिएको छ ।

नेमकिपाद्वारा संविधान संशोधन प्रस्तावको विरोध

भक्तपुर। नेपाल मजदुर किसान पार्टीले संसद्मा दर्ता भएका संविधान संशोधनको प्रस्तावको विरोध गर्दै प्रस्तावको विपक्षमा उभिन सबै राजनीतिक दललाई आह्वान गरेको छ ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले संशोधन प्रस्तावमा उल्लेखित भाषा, प्रदेशको सीमाङ्कनमा हेरफेर, नागरिकता र जनसङ्ख्याको आधारमा राष्ट्रिय सभामा प्रतिनिधित्व जस्ता कुनै पनि विषय नेपाल र नेपाली जनताको हितमा नभएको ठहर गरेको पार्टीका सचिव सुनिल प्रजापतिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ – प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको निर्देशनमा सरकारबाट संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ ।

संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने बेला भारतीय शासक वर्गको निर्देशनमा संविधान संशोधन प्रस्ताव दर्ता गर्नु देशमा निर्वाचन हुन नदिने षड्यन्त्र भएको ठहर बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधिनतामा गम्भीर असर पर्ने गरी सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावको बैठकले भत्सर्नासमेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

संशोधनप्रति क्रान्तिकारी माओवादीको आपत्ति

काठमाडौ। सरकारद्वारा मङ्गलबार संसद् सचिवालयमा दर्ता गरिएको नेपालको संविधान संशोधन विधेयकमा राखिएको सीमाङ्कनलगायत विषयप्रति नेकपा(क्रान्तिकारी माओवादी)ले आपत्ति प्रकट गरेको छ ।
पार्टी अध्यक्ष मोहन वैद्यले विज्ञप्ति जारी गर्दै सीमाङ्कनलगायत विषयको समाधान तानाशाही तरिकाले नभई अग्रगामी तथा परिवर्तनशील राजनीतिक शक्ति र सम्बन्धित जिल्ला तथा प्रदेशका नागरिकको राय सुझाव र सहमति अनुसार गर्नुपर्ने बताएका छन् ।

सीमाङ्कनलगायत विषयको विरोधमा नागरिकले राखेका उचित माग तथा उनीहरुद्वारा आयोजित प्रदर्शन र हडतालका कार्यक्रमप्रति आफ्नो पार्टीको समर्थन रहेको अध्यक्ष वैद्यद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । संविधान नागरिकको इच्छा र भावना विपरीत भएकाले त्यसको विकल्पमा सङ्घीय जनगणतान्त्रिक संविधान बनाउनुपर्ने सो पार्टीले माग गरेको छ ।

सातबुँदे संविधान संशोधनविरुद्ध विरोध सुरु

काठमाडौ। व्यवस्थापिका–संसद्मा मङ्गलबार बेलुका दर्ता भएको संविधान संशोधनको विषयलाई लिएर नेकपा (एमाले( निकट युवा सङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संयुक्त विरोध गर्ने निर्णय गरेका छन् ।

युवा सङ्घको कार्यालयमा बुधबार बसेको संयुक्त बैठकले सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्तावले समस्या समाधान नगर्ने भएकाले त्यसलाई फिर्ता नलिएसम्म निरन्तर विरोधमा उत्रिने निर्णय गरेको युवा सङ्घ नेपालका प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिए ।

बैठकमा वर्तमान सरकारले गरेको संविधान संशोधनको सातबुँदे प्रस्ताव फिर्ता नलिएसम्म त्यसविरुद्ध आन्दोलन गर्ने र अन्य विद्यार्थी र युवा सङ्गठनलाई समेत समेटने निर्णय भएको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले बताइन् ।

संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावविरुद्ध युवा र विद्यार्थी सङ्गठनले देशैभर विरोध गर्ने र ५ नं प्रदेशलाई टुक्राउन नहुने बैठकको निस्कर्ष रहेको अध्यक्ष लामाले जानकारी दिइन् ।

संशोधन प्रस्तावको विरोधमा आन्दोलन

बुटवल। सरकारले सीमाङ्कन हेरफेरसहित संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको विरोधमा बुधबार बुटवलमा बिहानैदेखि यातायात ठप्प भएको छ ।

पाँच नम्वर प्रदेश टुक्रियाएको भन्दै विभिन्न शिक्षण संस्थाबाट निस्किएका विद्यार्थी तथा सर्वसाधारणले बुटवलमा बिहानैदेखि चक्काजाम गरेका हुन् ।

चक्काजामका कारण पूर्व–पश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारीसाधन ठप्प छन् । पाँच नम्बर प्रदेशबाट पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा र प्यूठानलगायतका पहाडी जिल्लालाई तराईबाट अलग गर्ने गरी आएको संविधान संशोधन प्रस्ताव अविलम्ब फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने अनेरास्ववियु रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डेले बताए ।

भूगोलका हिसाबले पहाड र तराई मिलेर तथा प्राकृतिक स्रोतसाधन, संस्कृति र सापिप्यता समेटिएका पाँच नम्वर प्रदेशलाई टुक्रयाउन नहुने धारणा उनीहरुको छ ।

बुटवलसँगै पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीलगायतका जिल्लामा समेत आज बिहानैदेखि विरोध प्रद्धर्शन भइरहेको छ ।

अर्घाखाँची बन्दले जनजीवन प्रभावित

अर्घाखाँची । सरकारले सीमाङ्कन हेरफेरसहित संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको बिरोधमा अनिश्चितकालीन अर्घाखाँची बन्दको आह्वान गरिएको छ ।

पाँच नम्बर प्रदेशअन्तर्गतको पहाडी जिल्ला अर्घाखाँची टुक्र्याएर ४ नम्बर प्रदेशमा गाभेकोे भन्दै उद्योग वाणिज्य सङ्घको नेतृत्वमा बुधबार जिल्लामा रहेका विभिन्न क्रियाशील सङ्घसंस्थाको आयोजनामा अर्घाखाँची बन्द गरिएकोे उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।

बन्दका कारण जिल्लाका सम्पूर्ण शैक्षिक संस्था, कलकारखाना, बजार र यातायातका सम्पूर्ण साधन बिहानैदेखि ठप्प रहेका छन् । बिहान क्याम्पस पढ्न गएका विद्यार्थी घर फर्किएको देखिन्थ्यो ।

जिल्लावासी सबैको चासो र आवश्यकताको विषय रहेकोले बन्दमा जिल्लामा रहेका सबै राजनीतिक दलको समेत समर्थन रहेको नेकपा (एमाले)का जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताए ।

उद्योगी, व्यवसायी तथा युवा विद्यार्थी बजार बन्द गराउन नहिँडे पनि स्वतस्फूर्तरुपमा बजार, गाडी तथा शैक्षिक संस्था बन्द रहेका छन् ।

प्रकाशति मितिः २०७३ मंसिर १५

वि.सं.२०७३ मंसिर १५ बुधवार १८:०४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...