back
NMB ad

पूर्वका तीन जिल्लामा सञ्चार सेवा अवरुद्ध, लाखौं सेवाग्राही मर्कामा

Kumari bank ad

खोटाङ। नेपाल टेलिकमको चित्रेथान टावरमा समस्या आएपछि पूर्वका खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा सञ्चार सेवा अवरुद्ध भएको छ । उदयपुरको नामेटार गाविसमा रहेको चित्रेथान टावरको रेडियो लिङ्कमा खराबी आउँदा टेलिकमद्वारा वितरित ल्यान्डलाइन, नमस्ते तथा स्काई फोन एडिएसएल र वाईम्याक्स सेवा अवरुद्ध भएको हो । सवै सञ्चार सेवा अवरुद्ध भएपछि तीन वटै जिल्लाका लाखौँ सेवाग्राही मारमा परेका छन् ।

सञ्चार सेवा अवरुद्ध भएपछि तीनै जिल्लाका बैंक तथा विभिन्न वित्तिय संस्था समेत प्रभावित भएका छन् । तीन वटै जिल्लाका लागि जडान गरिएको चित्रेथान टावर यस अघि पनि पटक पटक अवरुद्ध हुने गरेको नेपाल टेलिकम खोटाङका प्रमुख भरोसी साहले बताए ।

पटक पटक अवरुद्ध हुने गरेको चित्रेथान टावरलाई व्यवस्थित गर्न सम्बन्धित निकायबाट पहल हुन नसकेको उनको भनाइ छ । तत्काल सञ्चालनमा ल्याउन प्राविधिक टोली खटाइएको नेपाल टेलिकम राजविराजका प्रमुख राजेन्द्रप्रसाद यादवले जानकारी दिएका छन् । अवरुद्ध सञ्चार सेवा चाँडै सञ्चालनमा आउने उनले बताए ।

प्रकाशित मितिः २०७३ मंसिर १६

वि.सं.२०७३ मंसिर १६ बिहीवार १३:५४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...