back
NMB ad

एचआईभी एड्सबाट एउटै जिल्लाका १३१ को मृत्यु

Kumari bank ad

कञ्चनपुर । कञ्चनपुरमा एचआइभी एड्सको सङ्क्रमणबाट हालसम्म १३१ जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा एड्सको सङ्क्रमण पत्ता लगाउन सुरु गरिएपछि हालसम्म १३१ जनाको मृत्यु हुनाका साथै हाल ४६८ महिला तथा पुरुष सङ्क्रमित रहेको कार्यालयका सूचना अधिकृत हेमराज जोशीले जानकारी दिए ।
“सचेतनाका कारण पहिलेको जस्तो रोग लुकाउने गरेको घटना छैन् ।” उनले भने । “पछिल्लो समय सङ्क्रमण घट्दो गतिमा छ ।” हाल सङ्क्रमितमध्ये २१९ महिला, २४८ जना पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन् ।

त्यसैगरी चार वर्षमुनिका १४ र पाँचदेखि नौ वर्षसम्मका २६ जना गरी ४० बालबालिका पनि एचआइभीको सङ्क्रमणमा रहेको कार्यालयले जनाएको छ ।

सङ्क्रमित बालबालिकाको विशेष स्याहारका लागि कार्यालयले विभिन्न सहयोग गर्दै आएको छ भने सङ्क्रमितलाई जानकारी दिलाउन तीन स्थानमा परामर्श केन्द्र समेत सञ्चालनमा ल्याइएको छ । “प्रभावित बिरामीलाई निःशुल्क औषधोपचारका लागि पनि महाकाली अञ्चल अस्पतालमा छुटृै व्यवस्था गरिएको छ ।” सूचना अधिकृत जोशीले भने “बिरामीलाई आयु बढाउनेलगायतका औषधि प्रदान गरिँदै आएको छ ।”
त्यसैगरी विश्व एड्स दिवसका अवसरमा जिल्ला एड्स समन्वय समिति, जिल्ला जनस्वास्थ्य कार्यालयलगायतका सरोकारवाला सङ्घ संस्थाले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेका छन् ।

प्रकाशित मितिः २०७३ मंसिर १६

वि.सं.२०७३ मंसिर १६ बिहीवार १४:५० मा प्रकाशित

You can share this post!

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...