मेलम्ची आयोजना खन्नेक्रममा सुन भेटीएको आशंका, सुरक्षा व्यवस्था कडा !

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको हेडवर्कस् बनाउन पहाड खन्दा सुन जस्तै देखिने पहेलो धातुजन्य पदार्थ भेटिएको छ । विहिवार पहेलो धातुजन्य बस्तु फेला परेकोले परीक्षणको लागि खानी विभागमा पठाइएको आयोजना प्रमुख घनश्याम भट्टराईले बताएका छन् ।

‘हेडवर्कस राख्नको लागि बिहिबार पहाड खन्ने क्रममा पहेलो धातुजन्य बस्तु भेटिएको छ, सो बस्तु धातु हो कि होइन, हो भने कति मात्रामा र कुन गुणस्तरको छ भनेर परीक्षण गर्नको लागि खानी विभाग पठाएका छौं,’ उनले भने ।

पहाड खन्ने क्रममा भेटिएको सो पहेलो बस्तु तामा हुन सक्ने अनुमान गरिएको छ । यसरी धातु भेटिएको ठाउमा अबैध क्रियाकलाप हुन सक्ने अनुमान गर्दै आयोजनाले प्रहरी प्रशासनको सहयोग मागेको छ । सो क्षेत्रमा अहिले सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर १७

२०७३ मंशिर १७ गते २२:३३ मा प्रकाशित

You can share this post!

संबिधान संसोधनको बिरोधमा बुटवलमा बिशाल जुलुस !(हेर्नुहोस् फोटो)

पर्यटन पत्रकार ‘पुष्प थपलिया बचाउ अभियान’ को थालनी

Related posts