back
NMB ad

राजनीतिको छायाँ परेपनि सेयर बजारमा पाँच अर्ब बढीको कारोबार

Kumari bank ad

काठमाडौ। धितोपत्र बजारमा यस साता रु पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार मूल्य बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार ७४ लाख ६१ हजार ३१० कित्ता सेयर कारोबार भएकोमा नेप्से परिसूचक पहिलो दिनको तुुलनामा १३१ अङ्कले बढेर साताको अन्तिम दिन एक हजार ६०० विन्दुमा पुगेको छ ।

कारोबार रकम गत साताको तुलनामा १५ दशमलव शुन्य दुई प्रतिशत बढेको छ । गत साता १५२ कम्पनीको कारोबार भई रु पाँच अर्ब सात करोड सात लाख ६६ हजार बराबरका ७३ लाख ३५ हजार ३६० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

स्टकका अनुसार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २९ दशमलव ५९ अङ्कले बढेर ३४६ दशमलव ४४ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रहेका छन् । सो बैंकको रु ७२ करोड १० लाख ६० हजार बराबरको सेयर कारोबार भएको थियो । यस्तै कारोबार भएको सेयर सङ्ख्याका आधारमा बैंक अफ काठमाडौँं अग्रस्थानमा रहेका छन् ।

सो बैंकको चार लाख ३७ हजार कित्ता सेयर खरिद बिक्री भएको थियो । यस साता कसमस डेपलपमेन्ट बैंकको पाँच लाख तीन हजार १२५ कित्ता हकप्रद सेयर स्टकमा सूचीकरण भएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर १८

वि.सं.२०७३ मंसिर १८ शनिवार २२:०१ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...