आजैबाट खुल्यो एक करोड ९३ लाख २२ हजार ७ सय कित्ता सेयर, भर्ने हैन त ?

काठमाण्डौं । माछापुछ्रे बैंकले ५० प्रतिशत अर्थात २ः१ को अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरको एक करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको छ ।

बैंकले अहिले कायम चुक्ता पूँजी ३ अर्ब ८६ करोड ४५ लाख ४० हजार रुपैंयाको ५० प्रतिशत अर्थात एक अर्ब ९३ करोड २२ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद बिक्री खुला गरेको हो । बैंकले हकप्रद प्रयोजनका लागि गत कात्तिक १२ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । कात्तिक ११ गते कायम बैंकका सेयरधनीले मंसिर १९ गतेबाट पुष २४ गतेसम्ममा  हकप्रद भर्न सक्नेछन् ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । सेयरधानीले सिभिल क्यापिटल कमलादी तथा माछापुछ्रे बैंकका सबै शाखा कार्यालयबाट हकप्रद भर्न सक्नेछन् ।

१९ मंसिर २०७३, ११।००

२०७३ मंशिर १९ गते १७:०२ मा प्रकाशित

You can share this post!

फाइनान्सको सेयर छ ? पाउँदै हुनुहुन्छ १३ प्रतिशत बोनस सेयर !

बाटोमा हिँड्दै हुनुहन्छ या सवारी चलाउँदै ? ध्यान दिनुस् ट्राफिक नियम परिवर्तन हुँदैछ !

Related posts