back
NMB ad

तरकारीको छाक टार्न मुसाको सिकार !

Kumari bank ad

मोरङ। मुसाका कारण घरमा भएका सबै सामान कटाई र खाद्य सामाग्रीको सत्यानास बाट वाक्क दिक्क हुने धेरै छन् । अझै चामल, पिठोमा परेको दिशाले धेरैलाई बिरामी नै बनाईदिन्छ । तर त्यहि मुसालाई मारेर तरकारीको रुपमा छाक टार्ने तराईको केही जाति विशेष समुदायको पुरानै चलन हो ।

कुरो मोरङको हो । त्यहाँका सन्थ्याल, बाँतर र ऋषिदेव समुदायका मानिस मुसाको मासु तरकारीको रुपमा खाने गर्छन् । मुसालाई आहार बनाउनकै लागि धेरै मेहनत गर्छन् । परम्पराकै रुपमा ती समुदायले मुसाको सिकार गर्छन् । सीमान्तकृत तथा अति विपन्न समुदायका मानिस मासु खाने प्रयोजनका लागि मुसाको सिकार गरेर तरकारीको गर्जो टार्ने गरेको पाइन्छ ।

गहुँ छर्ने तयारी भइरहेका खेतमा उनीहरु जान्छन् र मुसाको दुलो पत्ता लगाएर मुसो भएसम्म खनेर मार्छन् । मोरङको पथरी शनिश्चरेका सन्थाल जातिका पल्टाराम मुर्मु, गोपीलाल मुर्मु र पञ्चु हस्दा मुसा सिकारको खोजीमा शिशवनी जहदाबाट जिल्लाका विभिन्न ठाउँका खेतमा मुसाको दुलो खोल्नेकाम उनीहरुको दिनचर्या जस्तै हो ।

उनीहरु दोहलु, सिरिसे, बयवन, रिगुवा, शनिश्चरे, कीर्तिपुरलगायत क्षेत्रका खेतमा मुसा मार्दै दिन बिताउने गर्छन् । मुसाको परिकार मीठो हुने भएकाले खाली समयको सदुपयोग गर्न मुसाको सिकारमा आएको पल्टा मुर्मुको भनाइ छ ।

तराईवासी सन्थालसहित, बाँतर र ऋषिदेव समुदायका मानिस मुसा मासु खाने प्रयोजनका लागि मुसालगायत स्याल, खरायो, वनबिरालो र न्याउरी मुसाको सिकार गर्ने गरेको पल्टाराम मुर्मुको भनाइ छ । विशेष गरी मङ्सिर, पुस, माघ, फागुन, चैत, वैशाखमा आफूहरुले विभिन्न सिकार गर्ने गरेको पथरी शनिश्चरे–११ का पञ्चु हस्दाको भनाइ छ ।

मुसाले खेतमा खनेको मलिलो माटो हेरेर आफूहरुले मुसाको दुलो पत्तो लगाउने गरेको हस्दाको भनाइ छ । यस्तै दोहलुकाका झङ्ग्राहा ऋषिदेवसमेत आफ्ना २ जना नातीसंगै मुसाको सिकारमा हिडने गर्दछन । बजारमा बिक्री हुने माछा मासु अत्यन्त महंगो भएकाले छाक टार्न मुसा मार्न आएको झङग्राहा ऋषिदेवको भनाई छ । मुसाको सिकार गर्ने परिपाटिले एकातिर अन्नबालीको सुरक्षा त हुन्छ नै अर्कोतर्फ विपन्न समुदायका मानिसहरुले पोषणयुक्त आहारा समेत पाउने गरेको मुसाका सिकारीहरुको भनाई छ ।

प्रकाशित मितिः २०७३ मंसिर १९

वि.सं.२०७३ मंसिर १९ आइतवार २२:०८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...