back
NMB ad

होसियार ! एटिएमबाट अनधिकृत रकम निकाल्न मेसिन बोकेर विदेशी नागरिक नेपाल आउन थाले

Kumari bank ad

atm

काठमाडौँ । बैंकमा पैसा राख्दा पनि ढुक्क हुने अवस्था रहेन । किनकी कुनै पनि बेला रकम चोरी हुने क्रम बढ्दै गएको छ । त्यो पनि स्वदेशी हैन, विदेशी नागरिकबाटै ! अझ आर्थिक स्टाटस उच्च रहेका युरोपियन मुलुकका अपराधिक पृष्ठभुमिका नागरिक यस प्रकरणमा अरु भन्दा धेरैको संलग्नता पाइएको पछिल्लो तथ्यांकले बताएको छ ।

पछिल्लो समय युरोपेली महादेशका विभिन्न मुलुकका व्यक्ति अत्याधुनिक उपकरण बोकेर नेपाल आउने र विभिन्न बैँकका एटिएमभित्र पसेर मोटो रकम निकाल्ने गरेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एटिएम कार्ड प्रयोग गरी रकम निकाल्ने अधिकांश विदेशी आपराधिक पृष्ठभूमिका व्यक्ति भएको जनाएको छ । यो क्रम नेपालमा विस २०७१ मङ्सिरदेखि सुरु भएको हो ।

अत्याधुनिक उपकरण लिई पर्यटकीय भिसामा नेपाल आउने त्यस्ता व्यक्तिले जमल, असन, ठमेल, दरबारमार्गलगायतका क्षेत्रका विभिन्न बैँकका एटिएममा पसेर मोटो रकम निकाल्ने गरेको ब्यूरोले जनाएको छ ।

ब्यूरोले हालसम्म विभिन्न बैँकको एटिएमभित्र छिरेर मोटो रकम निकालेको आरोपमा तीन टर्केली, दुई बुल्गेरियाली र चार रोमानियालीसहित नौ युरोपेली नागरिकलाई पक्राउ गरेको प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए ।
कात्तिक ११ गते ठमेलबाट पक्राउ परेका बुल्गेरियाली नागरिक डिमो एटानोशोभ स्टेफानो बुल्गेरियामा नै चोरी गरेको आरोपमा मुद्दा खेपिरहेका थिए । यस्तै कात्तिक १९ मा होटल नेपाल तारा ठमेलबाट पक्राउ परेका गीता हुजुम सन् २००७ मा लागु पदार्थ ओसारपसारमा दुई वर्ष ९ महिना जेल सजाय भोगेका व्यक्ति हुन् ।

सोही दिन पक्राउ परेका इसोफ मोरारु सन् २०१२ मा इटालीमा मानहानी मुद्दा खेपेका व्यक्ति हुन् भने एलेक्स क्रिष्टियान बुगुल्लान सन् १९९० मा रोमानियाँमा चोरीको आरोपमा तीन वर्ष ६ महिना जेल सजाय भोगेका व्यक्ति हुन् ।

यसैगरी कात्तिक २५ मा यलो प्यागोडा होटल जमलबाट पक्राउ परेका टर्केली नागरिक मुहारिम उजुम टर्कीमा प्रतिलिपि अधिकार उलङ्घनमा कारबाही परेका व्यक्ति हुन् भने सिलाटिन यावर अवैध हातहतियार, यौनजन्य हिंसा र सरकारी कागजत किर्तेमा जेल सजाय भोगेका व्यक्ति हुन् ।

ब्यूरोका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल बैँकिङ कसुरसम्बन्धी कानुन नेपालमा कमजोर भएकाले यस्तो घटना मौलाउँदै गएको बताउँछन् ।

नेपालको एटिएम संरचना कमजोर र बैँकले बेवास्ता गरेका कारण रकम चोरी हुने गरेको उनले बताए । त्यस्ता व्यक्तिबाट नेपाली, यूरो, अमेरिकन, फिलिपिनोलगायत एक करोड भन्दा बढी रकम बरामद गरिएको ब्यूरोले जनाएको छ ।
नेपाली बैँकका खातावालाको रकम नेपाल र भारतका एटिएम बुथबाट मात्र निकाल्न सकिने हुनाले नेपाली बैँकका खातावालको डाटा चोरी गरी नेपालबाटै रकम निकाल्न सकिने हुँदा उक्त समूह नेपालमा सक्रिय रहेको ब्यूरोले जनाएको छ । पक्राउ गरिएका अभियुक्तलाई बैँकिङ कसुर ऐन २०६४ बमोजिम कारबाही गरिएको छ ।
१९ मङ्सिर २०७३

वि.सं.२०७३ मंसिर १९ आइतवार २२:४० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...