मेगाले ल्यायो १३.२५ प्रतिशत बोनस र ६५ प्रतिशत हकप्रद सेयर

काठमाण्डौं । मेगा बैंकले आफ्ना सेयरधनीलाई १३.२५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । हिजो आइतबार बसेको बैंक संचालक समितिको बैठकले बोनस वितरण पश्चात ६५ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव समेत गरेको छ ।

बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाइ वितरण गरिनेछ ।

बैंकको चुक्ता पूँजी ३ अर्ब २४ करोड रुपैयाँ रहेको छ । केही समय अगाडि मात्र बैंकले २५ प्रतिशत हकप्रद बिक्री गरेको थियो । २५ प्रतिशत हकप्रदपछि बैंकको पूँजी चार अर्ब ५ करोड रुपैयाँ पुगेको छ । त्यसमा १३.२५ प्रतिशत बोनस र फेरि ६५ प्रतिशत हकप्रद बिक्री गरेपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ५७ करोड रुपैयाँको हाराहारीमा पुग्नेछ ।

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा १४ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ।

२० मंसिर २०७३, ११।००

२०७३ मंशिर २० गते १७:३४ मा प्रकाशित

You can share this post!

धितोपत्र दर्ता तथा निश्कासन नियमावली २०७३ र सेयर विश्लेषकको नजर

नयाँ व्यवसायीको प्रवेशसँगै यातायातमा सिन्डीकेट हट्यो, यस्तै रहला त सँधै ?

Related posts