काठमाण्डौं । के तपाई बैंकको बोनस सेयर किन्दै हुनुहुन्छ ? यदि किन्दै हुनुहुन्छ भने तपाईलाई यो सूचना काम लाग्न सक्छ । स्ट्याण्डर्ड चार्टड बैंकले आफ्नो सेयर मूल्य समायोजन गरेकोछ ।
नेप्सेमा आज एक सूचना प्रकाशित गर्दै बैंकले जारी गरेको ३३.३३ प्रतिशत सेयरका लागि मूल्य समायोजन गरेको बताएकोछ । यसको सेयर मूल्य प्रति कित्ता २ हजार १ सय ५३ रहेकोछ । यसको आधार सेयर मूल्य भने २ हजार २ सय ९३ छ ।
२२ मंसिर २०७३, १०।००
वि.सं.२०७३ मंसिर २२ बुधवार १६:५५ मा प्रकाशित