सेयरमा आज इन्स्योरेन्सको दबदबा, शिखरको धेरै कारोबार, एनबीले कमायो ९ प्रतिशत !

काठमाण्डौं । आज बुधबार नेप्से ०.६१ अंकले घटेर १५५३.९० अंकमा पुगेको छ । कारोबारमा आएका जलविद्युत, उत्पादन र अन्य बाहेक सबै समूह नकारात्मक भएपछि बजार झरेको हो ।

यसदिन शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै रकमको कारोबार भयो । शिखरको ५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भयो । त्यस्तै, बुधबार एनबी इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयरमूल्य करिब नौ प्रतिशतले बढेको छ । यसका साथै हिमालयन डिस्टलरी, नेपाल कम्युनिटि डेभलपमेन्ट बैंक, मिशन डेभलपेमन्ट तथा हाम्रो विकास बैंक लगायतका कम्पनी धेरै कमाउनेमा देखिएका छन् ।

यसदिन कुल १३७ कम्पनीको ५० करोड ८७ लाख रुपैयाँ बराबरको ६ लाख ८१ हजार कित्ता सेयर किनबेच भयो । सेयर सूचक नगन्य मात्राले घटे पनि आज अघिल्लो दिनको तुलनामा कारोबार रकम २७ करोड रुपैयाँले घटेका छ ।

२२ मंसिर २०७३, ३।४०

२०७३ मंशिर २२ गते २१:१९ मा प्रकाशित

You can share this post!

विकास बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ २५ प्रतिशत बोनस सेयर

भारतले नेपालमा अक्सिजन मार्फत 'ग्यास हैन अव क्यास' पठाउन थाल्यो !

Related posts