back
NMB ad

सेयर रेटिङमा आइपुग्यो अर्को कम्पनी, सेयरमा यसले कस्तो प्रभाव पार्ला ?

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले भारतीय लगानीमा खुल्न लागेको केयर रेटिगं (नेपाल) लिमिटेडलाई कम्पनी स्थापनको सहमति दिएको छ । धितोपत्र बोर्डको सहमति पछि अब कम्पनी स्थापनाको प्रकृया अघि बढ्ने भएको छ ।

अन्तर्राष्ट्रिय संस्था केयर रेटिंगसंगको सहकार्यमा नयाँ एजेन्सी स्थापना गर्ने सम्बन्धमा भदौ १५ गते विशाल ग्रुप र इमर्जिंग नेपालले एजेन्सी सञ्चालनमा ल्याउन त्रिपक्षीय सम्झौता गरेका थिए । विशाल ग्रुप नेपालमा वित्तीय सेवाको क्षेत्रमा सक्रिय संस्था हो भने इमर्जिगं नेपाल भेन्चर क्यापिटल क्षेत्रमा कार्यरत रहँदै आएको संस्था हो ।

२ करोड रुपैंयाको चुक्ता पूँजीमा स्थापना हुने केयर रेटिगं ९नेपाल० लिमिटेडको लगानीमा केयर रेटिगंको ५१, विशाल ग्रुपको १९ र इमर्जिगं नेपालको १० तथा अरु २० प्रतिशत बैंक, इन्स्योरेन्स कम्पनी, वित्तीय संस्था तथा बिभिन्न कर्पोरेट कम्पनीहरुबाट प्रति कम्पनी ९ प्रतिशत ननाघ्ने गरी लगानी जुटाइने एजेन्सीको योजना छ । नेपालमा सार्वजनिक रुपमा सेयर निष्काशन गराउन चाहने कम्पनीहरुले क्रेडिट रेटिंग गराउनु पर्ने व्यवस्था छ ।

नेपालमा एउटा मात्र इक्रा नेपाल नामको क्रेडिट रेटिग एजेन्सी सञ्चालनमा रहेको अवस्थामा बोर्डले केयर रेटिगंलाई समेत स्थापनको सहमति दिए पछि अब दुई वटा रेटिंग एजेन्सी सञ्चालन हुने भएका छन् ।

२३ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर २३ बिहीवार १६:४८ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....